१० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङका लागि नक्सा पास भएका संरचना अन्य प्रयोजनमा प्रयोग भएपछि धमाधम खाली गराउँदैछ, यही बेला ललितपुरमा पनि माग उठेको छ, ‘यता पनि यस्तो अभियान थाल्नु पर्यो ।’
तर, ललितपुर महानगरपालिकाले भने नगर क्षेत्रमा अहिलेसम्म यस्तो भूमिगत पार्किङलाई अन्य प्रयोजनमा लगाएको भवन नभेटिएको दाबी गर्छ । ललितपुरका नगर प्रहरी प्रमुख सिताराम हाछेथु २ महिनादेखि आफूहरुले यस्ता भूमिगत पार्किङ भएका भवनको निगरानी गरेको बताउँछन् ।



