सरोज थापा Friday, 1 November 2024

डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाकाे चाैथाे मेयर कप सम्पन्न सायरा आयल स्टाेर भलिबल टिम बिजयी

कान्जिरोवापोष्ट 

सरोज थापा कार्तिक १६ डोल्पा ।

डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाकाे आयाेजनामा संचालित चाैथाे मेयर कप तथा पालिका स्तरीय खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएकाे छ । यहीँ कार्तिक १० गते बाट सुरु भएकाे चाैथाे मेयर कप तथा खुल्ला भलिबल र जिल्ला स्तरीय ब्याडमिन्टन सम्पन्न भएको छ ।

भलिबल तर्फको प्रतियाेगितामा सायरा आयल स्टाेर ठुलीभेरी नगरपालिका वडा नं. ३ ले हात पारेकाे छ । फाइनल खेलमा कंकासुर भुमि कन्स्ट्रक्सन रुकुम पश्चिमलाई  ३- १ सेटमा हराउदै सायरा आयल स्टाेर प्रथम भएकाे हाे । चौथो मेयर कप सहित रू तीन लाख रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल , प्रमाणपत्र पाएकाे छ । सायरा आयल स्टाेरले जाजरकोटबाट खेलाडी ल्याएकाे थियाे ।

यस्तै फाइनलमा सायरा आयल स्टाेर संग पराजित हुँदै कंकासुर भुमि कन्स्ट्रक्सन द्वितीय भएकाे छ । द्वितीय कंकासुर भुमि कन्स्ट्रक्सनले नगद रु २ लाख रुपैयाँ , मेडल प्रमाणपत्र पाएकाे छ।  त्रिपुरासुन्दरी नगरपालिका चाैथाे मेयर कप तृतीय  स्थानमा यार्चा स्पाेर्ट माझफाल डाेल्पाले हात पारेकाे छ । तृतीय भएकाे यार्चा स्पाेर्टले  रु १ लाख रुपैयाँ नगद सहित मेडल प्रमाणपत्र पाएकाे छ।

जिल्ला स्तरीय ब्याडमिन्टन तर्फमा प्रतियोगिताबाट  सागर बुढा मगर र बलराम राेकायाकाे टिम प्रथम भएकाे छ । प्रथम स्थान हासिल गर्ने उक्त टिमले नगद रु २५ हजार सहित  ट्रफी मेडल प्रमाणपत्र पाएका छन । दृतिय स्थानमा त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समेत रहेका हिराचन्द्र धराला र शिवराज शर्माकाे टिम द्वितीय स्थान हासिल गरि नगद रु २० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पारेका छन । प्रतियोगितामा तृतीय पुरस्कार नराखेर समावेशीकाे आधारमा गणेश भुजेल, पदम शाही काे टिम र लाेकेन्द्र मल्ल , वसन्त मल्लकाे टिमलाई सान्त्वना पुरस्कार हस्तान्तरण गरिएको छ । उनिहरुले नगद रु १० हजार रुपैया मेडल प्रमाणपत्र पाएकाे आयाेजकले जनाएको छ ।

यस्तै विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरु र टिमलाई नगद प्रमाणपत्रले सम्मान गरिएको छ । नगरपालिका स्तरीय खुल्ला भलिबल प्रतियाेगितामा १९ वटा टिमकाे सहभागीता रहेकाे थियोे ।  जस्मा डोल्पाका रुकुम पश्चिमका ३ टिम र जाजरकोट बाट एक र डोल्पाका १५ भलिबल टिम गरि १९ वटा टिम सहभागी रहेका थिए ।

चाैथाे मेयर कप खुल्ला भलिबल प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाले सहभागी खेलाडीलाई बधाई तथा शुभकामना दिदै खेलाडीहरु अनुसासित भए खेलमा उज्ज्वल भविस्य रहेकाे बताएका थिए ।

प्रतियोगितामा सहभागी सबै टिम तथा खेलाडीलाई त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख जनचन्द्र राेकायाले धन्यवाद व्यक्त गरेका थिए । यस्ता प्रतियोगिताले आपसी सम्बन्ध सुमधुर हुनुका साथै स्वास्थ्यकाे लागि र राष्ट्रकाे लागि पनि खेलकुद आवश्यक रहेकाे नगर प्रमुख राेकायाले बताए । आगामी बर्षमा थप व्यवस्थित गरेर कार्यक्रम संचालन गरिने मेयर रोकायाले प्रतिबद्धता व्यक्त गरेका छन ।

जिल्लामै सबैभन्दा ठुलाे धनराशिकाे यश आयाेजनाले नगरपालिका र जिल्लाकाे समग्र विकास र प्रचारप्रसारमा सहयाेग मिल्ने बिश्वास रहेकाे त्रिपुरासुन्दरी नगरपालिका डाेल्पाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरालाले बताए । यस्ता खुल्ला खेलकुद आयाेजनाले खेलेर र हेरेर खेलाडीले खेल सम्बन्धि  नयाँ तरिका सकिने अनुभव लिने अवसर हुने पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत धरालाले बताए । 

Related News