कान्जिरोवापोष्ट
सरोज थापा बैशाख ७ डोल्पा
डोल्पामा नयाँ बर्षको सुरुवात सङ्गै सुरु गरिएको यार्चा महिला भलिबलको उपाधी मुड्केचुला गाउपालिकाले हात पारेको छ । बुधबार देखि सुरु भएको यार्चा कप शुक्रबार सम्पन्न गरिरिएको आयोजकले जनाएको छ । जिल्ला खेलकुद बिकास समिती डोल्पाले प्रथम महिला यार्चाकपको आयोजना गरेर जिल्लामा भएका महिला खेलाडिहरुको क्षमता अभिबृद्दी तथा पहिचानको लागि आगामी आउने माथिल्लो तहको खेलको छनौट प्रक्रिया समेत यही खेल बाट गरिएको जिल्ला खेलकुद बिकास समिती अध्यक्ष धुर्ब चलाउनेले बताए ।
पहिलो पटक भएको यार्चा कप महिला भलिबलको पुरस्कार मुड्केचुला गाउपालिकाले २५ हजार नगद , मेडल र प्रमानपत्र सहित प्रथम स्थान हासिल गरेको छ । ,दोस्रो हुनेमा साईकुमारी महिला भलिबल टिम माझफालले २० हजार र अंकका आधारमा तेर्सो भएको तर दोर्सो हुने माझफाललाई जितेको जगदुल्ला महिला भलिबल टिमले १५ हजार नगद , सिल मेडल र प्रमाणपत्र सहित तेस्रो स्थान हात पारेको छ । खेल अबधिभरमा उत्कृष्ट सटर जगदुल्ला महिला भलिबल टिमको खेलाडी पुष्पा पुन , अनुशासनमा सरस्वती माबी दुनैको खेलाडी समिक्षा बिक र बेष्ट पिलियर साईकुमारी महिला भलिबल खेलाडी मनिता रोकायाले उत्कृष्ट खेलाडिको रुपमा घोषित भएका छन ।
जिल्ला खेलकुद बिकास समिती अध्यक्ष धुर्ब चालाउनेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख श्याम रोकाया र सम्बन्धि सबै कार्यलय र सुरक्षा प्रमुख , खेलाडिहरु , रेफ्री र पत्रकारहरुलाई समेत प्रशङ्सा पत्र प्रदान गरिएको थियो । दर्शकहरुको उल्लेखनीय सहभागिता रहेको खेलमैदानमा सपर्थखरुको होटबाजि समेत रहेको थियो । प्रथम यार्चा कपको खेलहरु लिक चरण बट खेलाईएकोले अलि बिबादास्पद तरिकाले आए पनि अन्तिममा बिबाद रहित तरिकाले सम्पन्न भएको थियो । खेलको मुख्य रेफ्री गोर्ख बहादुर बुढाले गरेका थिए भने कार्यक्रम दुनैमा रहेको खेलकुद ग्राउनमा बुधबार देखि सुरु भएर शुक्रबार सम्पन्न भएको छ ।
जिल्ला स्तरिय खेलकुद आयोजनामा मुड्केचुला , जगदुल्ला गाउपालिका ठुलिभेरी नगरपालिका भित्र बाट माझफाल , र दुनैको महिला भलिबल टिमको सहभागिता रहेको थियो ।