सरोज थापा Friday, 11 October 2024

फुल्चिङ्ग भलिबलको प्रथम स्थान मुड्केचुलाले उचाल्यो

      कान्जिरोवापोस्ट 

सरोज थापा असोज २५ डोल्पा ।

     फुल्चिङ्ग युथ एसोसिएसनले आयोजना गरेको जिल्ला स्तरीय पुरुष भलिबल को प्रथम स्थान मुड्केचुलाले हात पारेको छ । दशैको अबसर पारी त्रिपुरासुन्दरी नगरपालिका अन्तरगत वडा नम्बर ६ फुल्चिङ्गमा आयोजना गरेको खेलमा जिल्लाभरका १४ भलिबल टिमका खेलाडिहरु सहभागी रहेका थिए ।

     असोज २१ गते देखी २४ गते संचालित भलिबल खेलमा जिल्ला का विभिन्न दाबेदार टिमहरु यार्चा स्पोर्ट्स क्लब माझफाल , लिकु भलिबल टिम लिकु ,सुर्यमुखी युवा क्लब ल्हाँ , र फुल्चिङ्ग युथ एसोसिएसन आयोजक भलिबल टिमलाई हराउदै खेलको उपाधी उचाल्दै नगद एक लाख रुपैया ट्रफी हात पारेको छ । मुड्केचुला भलिबल टिम डोल्पाकै राम्रो र जिल्ला मा आयोजना हुने जिल्ला स्तरिय खेलहरुमा दाबेदार भलिबल टिमको रुपमा आफ्नो पहिचान दिदै आईरहेको छ । खेलको सर्बोउत्कृष्ट खेलाडिहरुमा भिम बुढा टिम FYA बेस्ट प्येलेयर ,भिम शाही टिम मुड्केचुला,बेस्ट लिप्टर , तारक शाही टिम मुड्केचुला बेस्ट स्काईकको पुरस्कार पाएका छ्न ।

       फुल्चिङ्ग युथ एसोसिएसनले आयोजना गरेको खेल्को प्रथम स्थान ट्र्फि,सिल ,मेडल ,प्रमाण पत्र र नगद एक लाख भलिबल टिम मुड्केचुला,दोस्रो स्थान आयोजक टिम फुल्चिङ्ग युथ एसोसिएसन दोस्रो पचास हजार , तेस्रो स्थान सुर्यमुखी युवा क्लब ल्हाँले २५ हजार , चौथो स्थान लिकु भलिबल टिमले १० हजार हात परेका छन । भने अन्य सहभागी भलिबल टिमले खेलमा राम्रो खेल प्रदर्शन गतेका थिए ।

      फुल्चिङ्ग युथ एसोसिएसन डोल्पाले खेल क्षेत्रको बिकासलाई टेवा पुग्ने उडेश्यले खेलको आयोजना गरेको युथ एसोसिएसनका अध्यक्ष देबि बुढाले बताईन । फुल्चिङ्ग युथ एसोसिएसनले आफ्नो क्लबको नाम र काम समाज सुधार लगाएत विभिन्न काममा सकारात्मक भुमिका खेल्दै आईरहेको छ । खेलको मुख्या एम्पाएर लाल सरण चलाउनेले सवार्द पुर्ण तरिकाले खेल खेलाएका थिए । उनका अनुसार खेलमा विभिन्न बाधा अबरोध छिचोल्दै भब्य र सभ्य तरिकाले आयोजना गरेको भलिबल खेल सम्पन्न भएको छ । खेलमा सहभागी खेलाडिहरु र सहयोग गर्ने सबैलाई धन्यवाद दिदै फुल्चिङ्ग युथ एसोसिएसनका अध्यक्ष देबि बुढाले कार्यक्रम सम्पन्न गरेकी थिईन । खेल अबधिभर आयोजकले खेलाडिजरुलाई खाने बस्ने समेत ब्यबस्थापन गरेको थियो । 

Related News