सरोज थापा Sunday, 4 December 2022

फरक क्षमता भएका बालबालिकालाई शैक्षिक सामाग्री बितरण जिल्ला अस्पतालमा निशुल्क स्वास्थ्य सेवा फोटो फिचर सहित ! !

सरोज थापा मंसिर १८ दुनै डोल्पा !

फरक क्षमता भएका ३० बालबालिकालाई शैक्षिक सामाग्री,झोला र कपडा बितरण गरिको छ ! स्याक नेपाल नामक गैर सरकारी सस्थाको आर्थिक साहयोगमा जिल्लाका सरोकारवालाहरुको उपस्थितमा बितरण गरिएको हो ! अपाङ्गा सेवा समाज दुनैमा अध्यायन गर्ने ३० जना फरक क्षमता भएका बालबालिकाहरुलाई झोला ३०, ट्र्याक सुट ३०, स्टेशनरी कपि ३० दर्जन सिसा कलम ३० दर्जन कटर ६० पिस इरेजर ६० पिस बितरण गरिएको स्याक नेपाल डोल्पाका प्रोग्राम कोडिनेटर शशी पाण्डेले जानकारी गरिन ! अहिले जिल्लाका ६ स्थानीय तहका २ सय फरक क्षमता भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरु बितरण गर्ने कार्यक्रम भएको बताईन !

पाण्डेका अनुसार डोल्पा जिल्लाका ६ ओटा स्थानीय तहमा कार्यक्रम लागू भएको हो ! ठुली भेरी नगरपालिका , त्रिपूरा सुन्दरी नगर पालिका , शेफोक्सुन्डो गाउपालिका , काईके गाउपालिका , छार्काताङ्ग्सोङ्ग गाउपालिका र डोल्पो बुद्ध गाउपालिका का ५० ओटा बिध्यालयहरुमा शैक्षिक सुधार र गुणस्तरीय शिक्षाको लागि सहयोग गर्दै आएको जानकारी दिईन !

सोही कार्यक्रममा जिल्ला अस्पताल डोल्पा बाट फरक क्षमता भएका बालाबालिकाहरुलाई  निशुल्क स्वास्थ्य सेवा दिने डा.अखण्ड उपाध्यायले बताएका छ्न ! जिल्लामा भएका असाहाय र अपङ्गाहरुका लागि सके जति स्वास्थ्य सेवा निशुल्क गर्ने डा.उपाध्ययले बताएका छ्न !

सामाज जागरण केन्द्र ( स्याक नेपाल )ले डोल्पामा २०२१ देखि कार्य सुरु गरेको र २०२४ जुन सम्म कार्यक्रम निरन्तर चलिरहने भएको छ ! २०२४ जुन देखि पछाडी जिल्लाभर कार्यक्रम हुने जानकारी स्याक नेपाल डोल्पाले जनाएको छ !

अपाङ्ग दिवसको अबसर पारी गैर सरकारी सस्थाले एक कार्यक्रम गरि जिल्लाका सरोकार वालाहरुको रोबरमा फरक क्षमता भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री , झोला र ट्र्याक सुट बितरण गरिएको हो !  

सामाजिक बिकास कार्यलयका प्रमुख धन बहादुर शाहीले अपङ्गता भएका बालबालिकाहरुको नितिमा ब्यबस्था , गुणस्तरीय शिक्षा तथा स्टिम शिक्षामा पहुच , बहस पैरवी कार्यक्रम हुनुपर्नेमा जोड दिनु दिएका छ्न !

जिल्ला सन्वय उपप्रमुख तेजेन्द्र बुढाले राज्यले दिनुपर्ने सुबिधालाई सुनिश्चितताका लागी नितिगत ब्यबस्था कार्यनयनमा सहयिग तथा पहल गर्ने बताए ! उत्त कार्यक्रममा जिल्लामा बितरण गरिएका अपंगता कार्डका पुन छानबिन गर्ने बितरण प्राकृया स्वस्छ्ता हुने पर्नेमा सबै सरोकार वालाहरुको जोड रहेको छ ! 

Related News