सरोज थापा Saturday, 26 November 2022

जगदुल्ला चिनाउन अनेकन गर्ने शाहासिक भाष्करको चासो र चिन्ता

मंसिर १० दुनै डोल्पा ! सरोज थापा ! 
रामचन्द्र बस्नेत ( भाष्कर ) एक हिक्मत भएका एक शाहासिक  डोल्पाका  एक युवा हुन ! उनि घुम्न रुचाउने , डोल्पामा एक मात्र साईकल यात्री हुन ! उनी कोहि नओउगेको ठाउमा पुग्ने अशम्भबलाई सम्भाव देख्ने फराकिलो सोच अनि ओझेलमा परेका पर्यटन  क्षेत्रलाई साईकल यात्रा द्वारा प्रचारप्रसार लागेका उनी आफ्नो ब्याक्तिगत जिन्दगी भन्दा डोल्पा र देशको बारेमा सोच्ने गर्छन ! 

हिउँद महिनामा जगदुल्ला तालको चर्चा 🌍🙏🇳🇵❤️
जगदुल्ला ताल (४७००मि. )
डोल्पामा पर्यटकीय क्षेत्रका प्रचुर  सम्भावना बोकेका थुप्रै ठाउँहरु  रहेका छन । प्रचार प्रसार को कमि  सामन्य पर्यटकिय सेवा सुबिधा को अभाव र अन्य थुपै कारण ले गर्दा धेरैजसो गन्तव्य  ओझेलमा नै रहेका छन ।

नेपालका ठुला हिमाल मध्यको गांगचेंन मेरी रालवा , काञ्जिरुवा हिमाल(उतर दक्षिण ,पूर्व ), डाफे हिमाल , सिज़्ज़ु हिमाल , टाँगटुङ्गे हिमाल, आम डोल्मा हिमाल समेत डोल्पामा पर्दछ । 
जग्दुल्ला गाउँपालिका माँझ गाउँ बाट लगभग  ४० किलोमिटर हिडे पछि जग्दुल्ला ताल र प्रेम ताल पुग्न सकिन्छ र जग्दुल्ला गाउँपालिकामा पर्ने ६ हजार मिटर भन्दा अग्ला आधा दर्जन हिमालले घेरिएको गोलो आकारको जगदुल्ला  ताल र  राक्षस दह (प्रेम ताल)  हाल तिर्थस्थलका रुपमा मात्रै चिनिने गरेको पाइन्छ । प्रेम ताल जुन हेर्दा पान आकारको देखिने भएकोले यसलाई प्रेम ताल भनेर नामकरण गरिएको हो ।

हरेक कुरा को सुरुवाति चरण निकै नै गार्हो , कष्टकर  ,र चुनौतिपुर्ण हुन्छ पहिलो पटक त्यस ठाउँमा पुग्नु बाटो खोज्नु भिडियो खिच्नु फोटो खिच्नु लगायत का अनेक समस्या को सामाना गर्नु पर्यो तर यात्रा सुरु गर्नु अगाबै यि सबै कुरा हामि भोग्न हामि  तयार थियौं । निकै ठुलो चुनौतिका बिचमा पनि हामिले राम्रो प्रचार गर्न सफल हुन पुगियो ।  

यो भन्दा अगाडि पनि त्यस ताल को प्रचार गर्न म आँफै रामचन्द्र बस्नेत (भाष्कर) साईकल लिएर पुगेको थिए हामि ले हाम्रो तर्फबाट डोल्पा जिल्ला मात्र नभैई कर्णालि चिनाउन सक्दो प्रयास गरिरहेका छौं तर यात्रा गर्न को लागि हौसला दिने  साथ सहयोग गर्ने यात्रा मा आवश्यक पर्ने  सामानहरु जुटाउने यातायात  देखि लियर एउटा यात्री लाई चाहिने आधारभूत आवश्यकता पनि खासै चासो नदिएको महसुश हुन्छ । तर यात्रा निरन्तर  बढ्ने छ रोकिने छैन । तपाई हरुको साथ सहयोग र माया यस्तै रहिरहोस । आज को दिन सम्म साथ सहयोग माया र हौसला प्रदान गर्नु हुने तपाई हरु सबैलाई धेरै धेरै धन्यवाद ।

राम्र चन्द्र बस्नेत ( भाष्कर बस्नेत ) साइकिलिङ्ग मात्र नभएर आफ्नो क्यामेरामा कैद गरि सबै सामु विभिन्न माध्यम मार्फत डोल्पालाई मात्र हैन नेपालका हरेक ओझेलमा परेका नेपालका पर्यटकिय स्थलहरु आफ्नो साइकिलिङ मार्फत बिश्वा सामु चिनाउने उदेश्य बोकेका एक शाहासिक ब्यक्ती हुन ! उनी आफ्नो ब्यक्तिगत जिन्दगी यात्रा र यस्तै पर्यटकिय स्थलहरु खोज्दै दिन चार्य बिताउने गर्छन ! अब यस्ता शाहासिक कार्य गर्ने भाष्कर बस्नेतलाई सबैके सहायोग ,सद्भाव माया र हौसला दिनुपर्ने देखिन्छ !

डोल्पाको हरेक पर्यटकिय स्थलहरुमा सझजै जान सक्ने , पर्यटकिय स्थलहरु नेपाल मात्र हैन उनी बिश्वा सामु चिनाउन निरन्तर लागेका एक हिक्मत भएका एक साहाशिक युवा हुन ! उनी हरेक दुख चुनौतीहरु सङ्ग रमाउन सिकेका अशम्भब लाई सम्भब देख्ने बस्नेत को इच्छा र क्षमतालाई सबैले साथ सपोर्टको आबश्यक्ता देखिन्छ ! अहिले पर्यटकिय स्थलमा जोखिम मोलेर जाने अझेलमा परेका पर्यटकिय स्थलहरुमा गएर आफ्नो उपस्थित देखाउने मात्र हैन सबै सामु पुर्‍याउने काम गरेका एक हिक्मत भएका शाहाशिक युवा हुन !
 
भाष्कर बस्नेतको चिन्ता जगदुल्ला तालको चिन्ता !

कर्णाली प्रदेशको फोक्सुण्डो ताल र रारा तालमा हुलका हुल पर्यटकहरु ओइरिदाँ जगदुल्ला तालमा अझै किन पर्यटकहरु आउँदैनन ? भनेर धेरै चिन्ता मात्र हैन यहि कुराले सधैं पिरोलिरहने भन्दै प्रश्न गरे ?

उनि आफ्नै ज्यानको बाजी लगाएर यसपालि म दोस्रो पटक साइकलमा जगदुल्ला तालसम्म पुगेर बाचा गरेको बातए सकुशल फर्के । नाकै ठोकिने उकालोमा तपतप पसिना चुहाउँदै साइकल बोक्दाको आनन्द । त्यो मलाई मात्र थाहा भएको अनुभूति पोखे ।

घोडा खच्चर हिँड्ने साघुरो बाटोमा कतैकतै त नाकै ठोकिने उकालो थियो  । कति ठाउँमा मैले  साइकललाई बोक्थे त कति ठाउँमा  साइकलले मलाई  ।  विगत ४ बर्ष देखि मेरो  ‘साइकलको प्रेममा बाँधिए पछि उनी झनै  खुसी खोज्नलाई  अन्यत्र पुग्नै नपर्ने खुसी हुँदै कुरा साटे । उनले थपे यो यात्रामा मैले  साईकलिङ गर्दा कलकल बग्ने जगदुल्ला नदीको चिसो पानीले प्यास मेटाउछु  । थकान मारेर फेरि उकालो उक्लन्छु  । खुट्टा अडिन नसक्ने बाटोमा साइकल ? बाटामा भेटिनेहरु जिब्रो टोक्थे । साइकल त जगदुल्ला ताल पुग्न सक्छ भने हिँडेरै जगदुल्ला किन नपुग्ने ? यो  सन्देश पर्यटकहरुमाझ पुर्‍याउन यो दुश्साहस बोकेको बताए ।

भनिन्छ नि यात्रा जति कठिन, त्यति नै यादगार । त्यति नै रोमाञ्चक । सहज बाटोमा सहज तबरले यात्रा गर्नुको के स्वाद ?  
रामचन्द्र बस्नेत ( भस्कर )

 

Related News