कान्जिरोवापोष्ट
सरोज थापा असार १८ डोल्पा ।
जाजरकोटको नलगाड र रुकुम पश्चिमको आठविसकोट एरिया हुदै सिङ्गो डोल्पा जिल्लालाई जोड्ने ADSS फाइबर लिङ्कमा को तार दिन बिराएर जाजरकोट र राडी को बिचमा लाईन काटिएको छ । यहि हप्ताको शुक्रवार पनि काटिएको लाईन मर्मत गरि बनाईएको थियो फेरि बुधबार पनि लाईन काटिएको छ । जस्को कारण डोल्पामा आउने फाइबर लाईन दिन प्रतिदिन काटिदा आर्थिक वर्षको अन्त्यमा भुक्तानीमा समेत समस्या भइरहेको छ ।
यस बाट FTTH मोवाईल टावर , बैंकहरुको इन्टरनेट लिज , NTTV लगायत का नेपाल टेलिकम का सम्पूर्ण सेवाहरू यसै ADSS बाट चलेका छन । यसरी दिन दिन लाईन काटिदा सिङ्गो डोल्पाली जनतहरुले सेवा प्रबाहमा ठूलो समस्या भएकोले सेवा प्रबहामा समस्या आएको नेपाल टेलिकम डोल्पाका प्राविधिक नबराज भट्टराईले जनाए ।




