सरोज थापा Tuesday, 1 July 2025

छार्काताङसोङ्ग भित्रका अव्यवस्थित बस्तिको स्थलगत निरिक्षण

कान्जिरोवापोष्ट समाचारदाता 

२२१ निबेदनको छलफल तथा प्रक्रिया आगाडी बढाईने ।

 रुपलाल बोहोरा असार १७ डोल्पा ।

भुमि समस्या समाधान आयोग जिल्ला समिति डोल्पा ले अव्यवस्थित बस्ती को स्थलगत निरीक्षण गरेको छ । डोल्पा को छार्का तामसोङ गाउँ पालिका वडा नंको कागकोट मा शुक्रबार समितिले निरिक्षण गरेको हो । निरिक्षण को क्रम मा कागकोट गाँउ मा मात्र ६२ घर अव्यवस्थित रहेका छन् । पहिले बसेको  कागकोट बस्ती मा भिर बाट ढुङ्गा खसेर मानवीय तथा पशुवस्तु को क्षति भए पछि १५ बर्ष पहिला कागसेरा मा अव्यवस्थित बसोबास गर्दै आएको स्थानीय छेवाङ गुरुङ ले जानाकारी दिए । पहिले को बस्ती मा भिर बाट खसेर एक जना महिला र २ जना बच्चा को मृत्यु भए पछि रहर नभइ बाध्यता ले हाल अव्यवस्थित बसोबास गर्नु परेको पनि गुरुङ ले बताए। पछिल्लो समयमा जनसंख्या बृद्धि बस्ती तलको  जमिन भासिदै गएकाले निकै समस्या भइ  सुरक्षित ठाउँ कागसेरा मा बस्ती सरि गएको बताएसुरुवातमा मा बाध्यताले पाल टाँगेर बस्नु परेको अबस्थाको बारे पनि उनले बताए


निरिक्षण को क्रममा छार्का ताङसोङ्ग गाउपालिकाको कागकोट पुगेका भुमी समस्या समाधान आयोग जिल्ला समिति डोल्पाका अध्यक्ष तुलाचन्द्र बुढाले कागकोट बस्ती सुरक्षित ठाउमा सरेर ठिक भएको बताउदै यदि त्यो बस्ती नसरेको भए ठुलो धन जनको क्षति हुने भन्दै अवब्यबस्थित बस्तीका लागी प्रकृया बढेको भन्दै स्थानिय बासीलाई बिश्वास्त रहन आग्रह गर्नुभयो । भुमी समस्य समाधान आयोग जिल्ला समिति डोल्पा ले तत्काल छार्काताङ्ग्सोङ्ग गाउपालिका भित्रको वडा नं ४ कागकोट बाट अव्यवस्थित बस्तिको निवेदन परे अनुसार सबै वडा मा प्रकृया अगाडि बढाउने भएको जनाईएको छ।

छार्का तामसोङ गाउँ पालिका भरी २२१ जना को निवेदन आएको मा वडा नं  ४ कागकोट मा ६२ घर, वडा नंछार्का ८५ घर, वडा नंपिम्रीठिम्मेरमा २६ घर, वडा नंढाड गाउँढुकोट मा ३० घरवडा नंको पीम्री मा १५ घर  को निबेदन परेको समिति का विज्ञ सदस्य इन्द्र बहादुर बुढा जानकारी गराएसमितिका अध्यक्ष तुलाचन्द्र बुढा लगाएत बिज्ञ सदस्य इन्द्र बहादुर बुढा, सदस्य सत्य बहादुर शाही, जिल्ला प्रशासनका प्रतिनिधि अक्कल बडुवाल, डिभिजन वन बाट टेक वहादुर रावत, मालपोत कार्यलय बाट सिलास के सी, नापी कार्यलयका प्रकास सिंह ठकुरी, भुमि समस्या समाधान आयोग डोल्पा का सर्वेक्षक अमिन सहित १३ जना को टोलीले कागकोटको अव्यवस्थित बस्तीमा अनुगमन सम्पन्न गरि फर्किएको छ ।
   

Related News