सरोज थापा Thursday, 13 March 2025

आपत्ती जनक ब्याबहारको भत्सर्ना गर्दै प्रेस बिज्ञप्ति सहित रोकायाको पार्टि परित्याग

कान्जिरोवापोष्ट


सरोज थापा फागुन २९ डोल्पा ।


डोल्पा : लामो समय देखि राजनीतिलाई आफ्नो कर्म बनाएर डोल्पा जिल्लामा राजनैतिक क्षेत्र बाट आफ्नो कर्म र समाज सेवा गर्दै आउनु भएका त्रीपुरासुन्दरी १ करेलिकाडा डोल्पाका इन्द्र रोकाया ( सेरापले ) प्रेस बिज्ञपति निकालेर मार्फत आफुलाइ पार्टीका जिम्मेवार ब्यक्तिले आफुलाई आपत्ति जनक व्यबहार गरेको भन्दै प्रेस बिज्ञपति निकाल्दै आफ्नो कुरा यसरि लेख्नु भएको छ । उहाको कुरा जस्ताको तेस्तै राखिएको छ : 

इन्द्र रोकाया  ( सेराप )

प्रस्तुत बिषयमा नेपाली समाजमा रहेकाे वर्गिय,जातिय,लैङ्गिक र क्षेत्रिय शाेषन, दमन,विभेद र उत्पिडनकाे बिरुद्ध न्याय,समानता सुशासन,राष्ट्रिय स्वाधिनता र जनजिबिकाकाे निमित्त २०६० साल देखि हालसम्म २१ वर्ष नेपाली कम्युनिष्ट आन्दाेलनमा जनयुद्ध हुँदै एकीकृत जनक्रान्ति सम्म ब्यक्तिगत जिबनकाे सबै रहर र आबश्यकताहरुलाई तिलाञ्जली दिएर पार्टी र क्रान्ति प्रति समर्पित भई निरन्तर आन्दाेलनकाे आबश्यकता अनुसारकाे जिम्मेवारीमा रहि काम गर्दै आएकाे सबैमा सर्वबिदितै छ ।

मैले पार्टी र क्रान्तिकाे मर्म, डाेल्पा जिल्ला र डाेल्पाली जनताकाे हितमा  गलत कार्य र कुराकाे क्रान्ति भित्रै क्रान्ति (अन्तरसंघर्ष) गर्दा पटक पटक अन्यायमा परेपनि सहनशिलताकाे साथ धैर्यता गरेकै हुँ । पछिल्लाे पटक एकचाेटी स्पष्टिकरण पनि नसाेधि एक्कासी गत साउन महिनाकाे पार्टी स्थाई समितिकाे बैठकले मलाई निलम्बनकाे कार्वाही गरेकाे मैले थाहाँपाए पछि त्यसकाे कारण माग गर्दा पनि आधिकारिक जानकारी समेत नदिएकाे र नेतृत्वहरु सँग भेट्न खाेज्दा भेटपनि नदिएकाेले २०८१ पाैष ९ गते निसाफ र हिसाब मागेर लिखित पत्रचार गरेकाे महिनाैं सम्म पनि कसैबाट वास्ता र चासाे नदिएकाेले धैर्यताकाे बाँध टुटेर यस अघि सामाजिक सञ्जालमा आफ्नाे पीडा ओकल्ने काम म बाट भएकाे पनि सबैले बुझ्नुभएकै छ ।

आफ्नाे स्वार्थकाे लागि दलबदल गर्ने प्रवृतिलाई राजनैतिक वेश्वावृतिकाे रुपमा व्याख्या गर्ने म आफै आज पार्टी परित्यागकाे नमिठाे र अप्रिय निर्णय लिन बाध्य छुँ, यसकाे बाध्यातमक जरुरि भनेकाे पार्टीले मलाई निलम्बन गर्नुकाे कारण लिखित नदिए पनि मेराे निलम्बनकाे विषयमा पार्टीमा छलफलहुँदा नेतृत्व स्वयमकाे मुखबाट मलाई धर्म प्रचारमा लागेकाे, नेपाल बाेन बुद्धिष्ट महासंघकाे महासचिब बनेकाे र याे संस्था अमेरिकाकाे सहयाेगमा चल्ने र दलाई लामा नजिक रहेकाे भन्ने बुझेर मलाई पार्टीकाे जिम्मेवारीबाट निलम्बन गरेकाे कारण सुनाएकाे भन्ने सुनेपछि यसकाे लागि कर्णाली प्रदेश ईन्चार्ज सुशील सी लाई म र महासंघकाे अध्यक्षले खेद ब्यक्त गर्दै छानबिनकाे लागि माैखिक माग पनि गरेकाे थिएँ त्यसकाे पनि केहि जवाफ आएन, हाे म गर्वकाे साथ भन्छुँ म नेपाल बाेन बुद्धिष्ट महासंघकाे महासचिब भएर मेराे समुदायकाे पहिचान र अधिकारकाे लागी बिगत १ वर्ष देखि कृयासिल छुँ ।

नेपालकाे प्राचीन अल्पसंख्यक ऐतिहाँसिक बाेन समुदाए, नेपालकाे हिमाली भाेटे लामा समुदायकाे भाषा,धर्म, भेषभुसा र पहिचानलाई तिब्बतियनकाे बिल्ला भिराउनु, हाम्रा सामाजिक संघसंस्थालाई निर्वासित तिब्बति शरनार्थिहरुकाे दृष्टिकाेणले बुझ्नु भनेकाे हामी नेपालका हिमाली जनसमुदायहरुलाई अपमान गर्नु हाे अनागरिक,अराष्ट्रिय र गैह्रनेपालीकाे दर्जा दिनु हाे याे आपत्तिजनक व्यवहार प्रति म घाेर भ्रत्सना गर्दछुँ । तसर्थ पार्टी र नेतृत्वकाे याे खाले उत्पिडित समुदायकाे  पहिचान बिराेधि संकृण साेच र म पर्ति भएकाे अत्याचारकाे सिमा नाघे पछि आजैकाे मिति बाट मैले नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेकाे सबैमा यसै बिज्ञप्ति मार्फत जानकारी गराउँदै आगामि दिनमा म मेराे बर्ग,राष्ट्रियता र समुदायकाे हितलाई आफ्नाे कर्तब्य ठानि कर्म गर्नेछुँ ।

अन्त्यमा म जिम्मेवारीमा हुँदा पार्टीकाे उत्पादन अभियानमा डाेल्पाबाट ऋण गरेर केन्द्र र प्रदेश पार्टीलाई बुझाएकाे ब्ययभारकाे जिम्मेवारी  संस्थागत हुनेहुँदा त्यसकाे जवाफदेहि पार्टी नै हुने छ र पिडित मित्रजन कानुनि प्रकृयामा गएमा मेराे नैतिक सहयाेग र समर्थन हुनेछ । धन्यवाद

Related News