कान्जिरोवापोष्ट बैशाख १ डोल्पा ।
औंसीको अन्धकार चिर्दै जुन बनेर आउनु
अलुने छाक टार्नेहरुको दिनमा नुन बनेर आउनु
नाङगाहरुको आँगमा नयाँ नाना वनेर आउनु
प्रगती र समृद्धीको ऐतिहाँसिक गुन लाउनु
यसपाली नयाँ वर्ष
वेघरहरुको जिन्दगीमा छाना बनेर आउनु
खाटा बसेका घाउहरुको मलम बनेर आउनु
दुखीहरुको मनमा मनमा खुशीको वहार छाउनु
भोकाहरुको पेटमा सधै खाना बनेर आउनु
निरसहरुको हृदयमा आशा र उत्साहा बनिरहनु
यसपाली नयाँ वर्ष
आल्सीहरुको जिन्दगीमा पौरख बनेर छाउनु
शोषणको जालो च्यातेर श्रम बनेर आउनु
रात काटी सगरमायाको क्षितिजमा लाली ल्याउनु
शुभकामना छ सबै सबैमा
आँखामा नयाँ नयाँ सपनाहरु सजाउनु
विवेकको वत्ती वालेर मनमा विश्वास जगाउनु
आँसु र हाँसो त पऱ्याय हुन जिवनका
संघर्षमा जिवन सौन्दर्य छ श्रममा सधै रमाउनु
यसपाली नयाँ वर्ष
शन्तोषको श्वास भर्दै जगत भर शान्तिको न्यानो ल्याउनु
सबको जिवनमा नयाँ नयाँ प्रगतीको दृष्य बनाउनु
शुभकामना छ
शुभचाहना छ !!
पुर्ब मन्त्री तथा संघिय संसद सत्या पहाडी ज्यु को फेसबुक बाल बाट साभार ...