सरोज थापा Friday, 24 March 2023

“बैरागी” म्युजिक भिडियोको प्रिमियर साे ।

चैत्र १० त्रिपुराकोट डोल्पा :  एच.बि.आर कला केन्द्रकाे ब्यानरमा निर्माण गरिएको बैरागी नामकाे म्युजिक भिडियो शुक्रबार डाेल्पामा प्रिमियर साे गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र राेकायकाे प्रमुख आतिथ्यमा त्रिपुराकाेटमा भिडियोकाे प्रिमिययर साे गरिएकाे हाे ।जिल्लाकाे त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत पर्ने चुँ गाउँमा छायांकन गरिएको भिडियोले प्रिमियरमै जनप्रतिनिधि तथा स्थानीयबासीकाे प्रशंसा बटुलेकाे छ । देशका ग्रामीण भेगमा व्याप्त महिला हिंसाकाे बिषयलाई लिएर निर्माण गरिएको भिडियोमा सुरबिना कार्की,वसन्त सार्की,एन्जिला पन्थी लगायतका कलाकारकाे अभिनय रहेको छ ।
भिडियाे हेर्दै नगरप्रमुख बुढाले अत्यन्तै कारुणिक तथा समाज रुपान्तरणकालागि सन्देसमुलक भिडियो निर्माण भएकाे प्रतिक्रिया दिए । निर्माणपक्षसँग सम्बन्धित सम्पूर्ण कलाकार टिमलाई बधाई दिँदै नगरपालिकाबाटहुन सक्ने आर्थिक सहयोग गर्ने प्रतिवद्वता समेत व्यक्त गरे । उद्दघाटन समारोमा नगर प्रमुख राेकाय सहित, नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत भिम वहादुर थापा,वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सञ्चारकर्मी सहित स्थानीयकाे उपस्थिति रहेकाे थियाे। बैरागी हेरेपछि त्यहाँ उपस्थित अधिकाँशकाे आँखामा आँशु समेत झरेको देखिन्थ्यो । भिडियोकाे निर्माण हरि पन्थीले गरेकाहुन भने निर्देशन लक्ष्मण सुनारले गरेकाहुन् । उदघाटन समारोहमा मा बैरागी देखाइएपनि समग्र म्यूजिक भिडीयो भने एक केहि दीन भित्र युट्युबमा सार्वजनिक हुने छ । पछिल्लो समय डोल्पाको त्रिपुरा सुन्दरी क्षेत्रमा साना चलचित्र सहित बिभिन्न म्यजिक भिडियो छाँयाङ्कन भई रहेका छन ।

Related News