सरोज थापा Wednesday, 11 January 2023

डोल्पाको प्रहरीले काठमाडौमा समात्यो बैङ्ग्किङ्ग कसुरमा रहेका फरार ब्यक्तिलाई !

कान्जिरोवा सम्बाददाता पुस २७ ! बैङ्ग्किङ्ग कसुरमा रहेका ठुलिभेरी नगरपालिका डोल्पाका एक जनालाई जिल्ला प्रहरी कार्यलय डोल्पा बाट खटिएको एक टोलिले काठमाडौ बौद्धमा समातेको छ ! फैसला कार्यन्वयनको शिलशिलामा जिल्ला अदालत डोल्लाबाट प्राप्त लागत विवरण बैङ्किङ कसुर मुद्दामा फरार प्रतिबादी डोल्पा जिल्ला ठुलिभेरी नगरपालिका वडा न ४ बस्ने बिष्णु बदाहुर बुढालाई उच्च अदालत पाटनको मिति २०७७ मंसिर २१ गतेको फैसलाले रु १२ लाख जरिवाना ५ दिन कैद अर्को २०८७ साउन २४ गतेको फैसलाले ३० तीस लाख जरिवाना १० दिन कैद गरि जम्म जरिवाना रकम ४६ लाख नगद र १५ दिन कैद अनुसार  फैसला गरेको जिल्ला प्रहरी कार्यलय डोल्पाका डिएसपि निराजन थापाले जानकारी दिए !

डिएसपी थापाका अनुसार प्रतिबादी काठमाडौंको बौद्धमा वडा एरियामा लुकिछिपि बसेको अबस्थामा थाहा पाए पछि प्रतिबादी बुढालाई डोल्पा जिल्ला बाट खटिएको प्रहरिको टोलिले प्रहरी बिट बौद्ध सङ्ग समन्वय गरि प्रतिबादिलाई मंगलबार दिउँसो २ बजे  प्रकाउ गरि  प्रहरी बिट बौद्ध काठमाडौमा राखिएको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ ! 

Related News