सरोज थापा Monday, 9 January 2023

आफ्नो कार्यकालमा ठुलीभेरी नगरपालिमा घरघरमा धारा बनाउने - नगरप्रमुख सुवर्ण कुमार बुढा

सरोज थापा पौष २५ डोल्पा - नेपालमा संघीयता लागु भएपछि संघ, प्रदेश र स्थानीयतहहरुले दोस्रो कार्यकालको लागि जनप्रतिनिधि पाएका छन । दोस्रो नगर प्रमुखको रुपमा निर्वाचीत ठुलीभेरी नगरपालिका डोल्पाका नगर प्रमुख सुर्वण कुमार बुढाले आगामी पाँच बर्षे कार्यकालमा नगरपालिका भित्रका सबै नागरिकलाई पहुँमा पुग्ने गरि स्वच्छ खानेपानीका धारा निर्माण गरिने बताएका छन ।

नगरपालिकामा आयोजित एक कार्यक्रममा नगर प्रमुख बुढाले भने" डोल्पाको ठुलीभेरी नगरपालिका भित्रका २६ वटा सामुदायिक विधालय र २ वटा संस्थागत विधालय रहेका छन जस मध्य ३ वटा विधालयमा छात्रा र छात्रको सैचालय छैन । यस नगरपालिका भित्र अपांगमैत्री सौचालय ३ वटा विधालयमा मात्र छन । इन्सीनेटर कुनैपनि विधालयमा नरहेको तथ्यांकमा उल्लेख छ । ठुलीभेरी नगरपालिका भित्रका ७ वटा स्वास्थ्य संस्था मध्य वडा नं १० र ११ मा सौचालय नभएको तथ्यांकले देखाएको छ । ठुलीभेरी नगरपालिका र  सुस्वा परियोजनाको साझेदारीमा आगामी ५ बर्ष भित्र एक घर एक धारा, सबै सामुदायिक विधालयहरु, स्वास्थ्य संस्थाहरु र सार्वजनिक स्थानहरुमा स्वच्छ खानेपानी,सौचालय,सरसफाईको व्यवस्थापन गर्ने लक्ष्य लिईएको छ ।

झण्डै १३ सय भन्दा बढी घरधुरी रहेको नगरपालिकामा ठुलीभेरी नगरपालिका र सवैको लागि दिगो खानेपानी तथा सरसफाई स्वच्छता परियोजना शाखा (सुस्वा) को साझेदारीमा पहिलो चरणमा विभिन्न स्थानमा खानेपानी तथा सरसफाईका गतिविधिहरु गरिरहेकोले पाचँ बर्षे कार्यकालमा नगरपालिका भित्रका सवै समुदायका नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उदेश्यले काम भैरहेको नगर प्रमुख बुढाले बताए । नगरपालिका भित्रका वडा नं. १ देखि ११ सम्म कुनै बस्तीमा पहिले कुनै वस्तीमा अलि पछि हुन सक्छ तर ढिलो चाडो पाँच बर्ष भित्र सुरक्षीत खानेपानीको व्यवस्था गरिने उनले बताए । डोल्पा जिल्लाको सबै भन्दा बढि चहलपहल गरिने सदरमुकाम दुनैमा खानेपानी अभाव भन्ने गुनासो बढेको तर समस्या समाधानको लागि विज्ञ टोली संग छलफल गरि सुरक्षित खानेपानी नियमीत उपभोक्ताले खानपाउने गरि काम सुरु गर्ने तयारी भैरहेको नगर प्रमुखले बताए ।  म

एक अध्ययन अनुसार कर्णाली प्रदेशमा ७०.६ प्रतिशतकोे घरमा आधारभूत खानेपानीको उपलब्धता छ । खुला दिशा मुक्त जिल्ला अनि प्रदेश घोषणा भईसकेको कर्णाली प्रदेशमा अझैपनि ११ प्रतिशतले सौचालय प्रयोग गर्दैनन् । समग्रह डोल्पामा ८१.३ प्रतिशत समुदायमा सौचालय छ बाकी प्रतिशतले सौचालय प्रयोग नगर्ने अध्ययनले देखाएको छ । ठुलीभेरी भेरी नगरपालिकामा ९ प्रतिशत भन्दा बढी समुदायमा सौचालय नभएको पाईएको छ । खानेपानी र सौचालय नङ मासुको सम्बन्ध जस्तै  रहेकोले सवै नागरिकलाई खानेपानीको पहुँचमा पुर्याइ ९ प्रतिशतलाई सुन्यमा झार्ने उदेश्य रहेको ठुलीभेरी नगरपालिका डोल्पाका प्रमुख प्रशासकीय अधिकृत डिलप्रसाद रोकायाले बताए । नगर बासीलाई स्वच्छ खानेपानीको उपलब्धता र सरसफाई यूक्त समुदाय बनाउनको लागि विज्ञ टोली सहित एक रणनीति तयार गरि काम सुरु गरिएको अधिकृत रोकायाले बताएका छन ।

Related News