सरोज थापा Wednesday, 4 January 2023

ह्वीलचिएयरमा बस्दै खुसीभए अशक्त भिम बहादुर डाँगी


कान्जिरोवा सम्बाददाता  पुष २० दुनै !  डोल्पा ः डोल्पाको ठुलीभेरी नगरपालिका वडा नं. ९ मा बस्ने भिम बहादुर डाँगीको ह्वीलचेयरमा बस्ने सपना पुरा भएको छ । उमेरले २५ बर्षका भिम बहादुर डाँगी शारिरिक र मानसीक रुपमा पूर्ण अशक्त छन । सामान्य घरपरिवारका भिम बहादुरलाई घरकै परिवारको सहयोगमा बाहिर भित्र खानपान सरसफाई गर्नु पर्ने हुन्छ । उनलाई हात खुट्टा चलाउन,बोल्न असजिलो हुन्छ तर उनि अरुले बोलेका कुरा सबै सुन्छन । अरुले सोधेका कुराको जवाफ दिन पनि प्रयास गर्छन तर उनि बोल्न सक्दैनन् ।

ह्वीलचियरमा बसेका भिम बहादुर डागिलाई गुराउदै समाजसेवी ओमेन्द्र केसि 

ठुलीभेरी नगरपालिका वडा नं. ९ को डाँगीवाडामा बस्दै आएका भिम बहादुर डाँगी जन्मजात शारिरिक तथा मानसिक रुपमा अशक्त व्यक्ती हुन । उनको चाहाना ह्वीलचेयरमा बस्ने अनि विभिन्न ठाउँहरुमा घुमफिर गर्ने रहर पुरा भएको छ । अरुले बोलेका कुरा सबै थाहा पाउने भिम बहादुर डाँगी ह्वीलचेयरमा बस्ने रहर गरेपछि नजिकैका छिमेकी देव डाँगीले सहयोगको लागि विभिन्न निकायमा आग्रह गरे ।

भिम बहादुरलाई ह्वीलचेयरको आवश्यकता रहेको भन्ने नागरिक समाज,पत्रकारहरुलाई थाहा भएपछि उनलाई ह्वीलचियर र उनको लागि आवश्यक कपडा हस्तान्त्रण गरिएको छ । 
सामान्य परिवारका शारिरिक रुपमा पूर्ण अशक्त भिम बहादुर डाँगीलाई ठुलीभेरी नगरपालिका वडा नं. ३ दुनै बजारमा बस्ने समाजसेवी ओमेन्द्र के.सीले व्यक्तीगत ह्वीलचेयर किनेर हस्तान्त्रण गरेका छन । बुधबार डाँगीवाडा स्थीत उनकै घरमा पुगी रु २५ हजार मुल्य र भारतको नयाँ दिल्ली देखि डोल्पा सम्म पुगेको ढुवानी २ हजार ५ सय गरि रु २७ हजार ५ सयको ह्वीलचेयर समाज सेवी ओमेन्द्र केसीेले विरामी डाँगीलाई हस्तान्त्रण गरेका हुन । ह्वीलचेयर हस्तान्त्रणले एउटा सामान्य परिवारको पुर्णरुपमा अशक्त विरामीले खुसी व्यक्त गरेको देखेर आफुले संसार जितेको महसुस गरेको समाज सेवी आमेन्द्र केसीले बताए । हाल सम्म कुनै पनि निकायले सहयोग गर्न नसकेको भन्ने कुरा सुनेपछि विरामीको इच्छा र माग अनुसार ह्वीलचेयर सहयोग गरेको केसीले बताए ।

सामाग्री हस्तान्तरण गर्दै गर्दा 

यस्तै पुर्ण रुपमा अशक्त भिम बहादुर डाँगीलाई नागरिक समाज डोल्पाले जाडो समयमा आवश्यक न्यानो कपडा हस्तान्त्रण गरेको छ । विरामीकै घरमा पुगेर नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढाले सुपेरडे न्यानो बाक्लो ज्याकेट १ पिस,एक जोर हुकसेट, भुवा वाला जिन्स पाईन्ट,न्यानो खाले जुराफ,टोपी र फाईबर सिरक एक पिस गरेर रु १२ हजार ५ सयको सामाग्री हस्तान्त्रण गरेका हुन । ह्वीलचेयर आवश्यकता छ भन्ने कुरा आफन्तबाट नागरिक समाजमा  आएपछि नागरिक समाज ,पत्रकार र समाज सेवीको छलफल पछि ह्वीलचेयर समाज सेवी ओमेन्द्र केसीले व्यक्तीगत रुपमा दिने कुरा भएपछि यो जाडो सिजनमा आवश्यक न्यानो कपडा नागरिक समाजले सहयोग भन्ने छलफलपछि विरामीकै घरमा पुगी हस्तान्त्रण गरिएको नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढाले बताए । नागरिक समाजले पूर्णरुपमा सहयोग गर्न नसकेपनि विभिन्न समस्या परेका नागरिकलाई सम्बन्धित निकायमा पहल गर्ने काम गरिरहेको अध्यक्ष बुढाले बताए ।

ह्वीलचियरमा बसे पछि खुसी हुँदै अशक्त भिम बहादुर डागी 

ह्वीलचेयर सहयोग गर्ने समाज सेवी ओमेन्द्र केसी र न्यानो कपडा सहयोग गर्ने नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढालाई विरामी भिम बहादुर डाँगीका बाबु बम बहादुर डाँगीले धन्यवाद व्यक्त गरेका छन । आफु सामान्य परिवारको भएको कारण पहिलो सन्तानको रुपमा जन्मेको छोरो भिम बहादुरलाई ह्वीलचेयर किन्न नसकेको बाबु बम बहादुर डाँगीले दुखेसो गरे। जन्मजात अशक्त छोरो भिम बहादुरलाई घर वाहिर भित्र गर्ने ,खानपान,सरसफाईमा आफु,श्रीमती,छोरीले स्याहारसुसार गर्ने गरेको उनले बताए । उनले आफ्नो छोराको माग पुरा भएपछि खुसी व्यक्त गर्दै हर्सित भएका छन ।

Related News