कान्जिरोवा पोस्ट पुष ५ , डोल्पा ! डोल्पाबाट नेपालगंज तर्फ बिना ईजाजत जडिबुटी लगिरहेको भन्ने सुचना प्राप्त भए पश्चात यस कार्यालय र अस्थायी प्रहरी पोष्ट ठाँटी बाट खटिएको सयुक्त प्रहरी टोलीले जिल्ला जाजरकोट भेरी नगरपालिका वडा नं.३ सिटिजन बैंक नजिक डोल्पा जाजरकोट सडक खण्डमा आवतजावत गर्ने सम्पुर्ण सवारी साधन चेकजाँच गर्ने क्रममा आज मिति २०७९।०९।०४ गते अन्दाजी १३;०० बजेको समयमा डोल्पाबाट नेपालगंज तर्फ जाँदै गरेको भे.१ ख.३५१९ नंम्बरको ट्रक चेकजाँच गर्दा उक्त ट्रकमा बिना ईजाजत ८९ (उनानब्बे) बोरा २१९२.०४(दुई हजार एक सय बयानब्बे दशमलब जिरो चार) किलोग्राम जटामसी र १७ (सत्र) बोरा ४७६.१२ (चारसय छहत्तर दशमलब एक दुई) किलोग्राम पदमचाल फेला परेको हुँदा उक्त फेला परेको जडिबुटी, जडिबुटीको साहु जिल्ला जाजरकोट छेडागाड नगरपालिका वडा नं.७ बस्ने सुरेन्द्र शाही, भे.१ ख.३५१९ नंम्बरको ट्रक र सोही ट्रकको चालक जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.१२ बस्ने खगेन्द्र खत्रीलाई रितपुर्वक पक्राउ गरी आवश्यक कारबाहीको लागी जिल्ला बन डिभिजन कार्यालय जाजरकोटमा बुझाईएको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जनाएको छ !

जिल्ला प्रहरी कार्यलय जाजरकोटले थप अनुसन्धानको लागि जिल्ला बन कार्यलय जाजरकोटलाई बुझाएको जानकारी दिएको छ ! भने बन कार्यलय जाजरकोटले अनुसन्धान भैरहेको जनाएको छ !
उक्त जडिबुटि डाेल्पाकाे शे फाेक्सन्डाे राष्ट्रिय निकुञ्जकाे काेर एरिया भित्रको भुक्पा,भाङ्का पाटन बाट गएको साउन भदाै महुनामै चोरी तस्करि गरि खनिएको स्थानियहरुले बताएका छन !
जिल्ला बनकार्यलय जाजरकोटले नियन्त्रणमा लगेको जडिबुडी बारेकाेट गाउपालिका जाजरकोटका सुरेन्द्र मल्ल र त्रिपरा सुन्दरि नगरपालिका वडा न १ डोल्पाका गणेश बाेहाेराको जडिबुटि भएको जानाईएको छ !

अझै स्थानीयका आनुसार डोल्पाकाे जगदुल्ला गाउपालिका काे कागमारा र चुने पाईले हिमाल क्षेत्रकाे निकुन्जको कोर एरियामा खनेकाे जडिबुटीहरु पनि जुम्लाको बाटो हुँदै चोरी तस्करि हुन लागिरहेको गोप्पे श्रोताले नाम नखुलाउने सर्तमा जानकारी गरेका छन ! डोल्पा जिल्ला देखि हुने हरेक खाले चोरी पैठारी र तस्करिको लागि सरोकारवाला जिम्मेवार निकायाको नीग्रानी भने हुन नसकेको देखिन्छ छ !
एक महिना अगाडि शे फाेक्सुन्डो गाउपालिका, ठुलिभेरि र त्रिपुरासुन्दरि नगरपालिका काे पालङ्ग लगायत विभिन्न ठाउमा संकलित अबैध जटामसि,चुकजराहरु,सेतकचिनि खिराङ्लाे सँग लुकाई छिपाई लिने तर्खरमा रहेको बिप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले शे फोक्सुन्डो रास्ट्रीय निकुञ्ज कार्यालयलाई सुलिगार्ड ,जिल्ला प्रशाशन कार्यलय डोल्पा, जिल्ला प्रहरी कार्यलय डोल्पा र रास्ट्रीय निकुञ्ज सुरक्षाको लागि रहेको श्री रामबण गुल्म सुलिगार्ड लाई समेत ध्यानाकर्षण सम्बन्धि पत्रचार गरिएको नेकपा माओवादी बिप्लप डोल्पाले मंसिर १७ को पत्र देखिन्छ !

यसरी ध्यानाकर्षण गराउदा पनि जिम्मेवार निकाय गैर जिम्मेवार देखिँदा तस्करि गर्नेहरु सबैलाई कानुनी दायारामा ल्याउनको लागि चेतावनि भन्दै ध्यानाकर्षण गरिएको थियो ! यसरि जानकारी गराउदा गराउदै सम्बन्धित जिम्मेवार निकाय माथी नै संका उप संका र प्रश्न खडा भएको छ !




