सरोज थापा Sunday, 24 November 2024

डोल्पामा पनि १० औ उधोग दिवस मानाए

कान्जिरोवापोष्ट 

सरोज थापा मंसिर ९ दुनै डोल्पा ।

उधमशिल सस्कृती ,राष्ट्रको समृद्धि भन्ने मुल नाराका साथ १० औ उधोग दिवस सम्पन्न भएको छ । उधोग तथा उपभोक्ता हितसंरक्षण कार्यलय डोल्पा द्वारा डोल्पाको सदरमुकाम दुनै बजार परिक्रमा गरि कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम उघोगी ब्यापारिहरुले अनुदान दिने तर कार्यबिधी नल्यानाले आएको बजेट समेत फृज गएको गुनासो गर्दै कार्यबिधी ल्याउनको लागि जिम्मेवार निकायाहरुलाई सुझब्ब दिए । उधमी माया ठकुल्लाले उधमिहरुको माग पूरा गर्न अनुरोध गर्दै मन्तव्य राखिन ।

उधोग बाणिज्य संघ डोल्पाका अध्यक्ष लालिमान बुढाले स्थानीय उत्पादन भएकाहरुले बजार भाउ नपाएको गुनासो गरे । नगरिकन समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढाले उधोगी न्यापारिहरुलाई स्पस्ट नीति नहुदा समस्या भएको उल्लेख गरे ।उहाका अनुसार हामी परिश्रमी र स्वाभुमानी हुनु पर्ने जोड दिदै डोल्पाली जनतहरुलाई हित हुने तरिकाले उधोग स्थापना गरि काम गर्न आग्रह गदै डोल्पाका नेतहरुलाई झारो टार्ने काम नगर्न  आग्रह गरे ।  कार्यक्रमा बोल्दै वडा अध्यक्ष भक्त बहादुर भण्डारीले सहि उधोगी सहि ब्यापारिहरुले अनुदान पाउनु पर्ने बताउदै सबैलाई सरकारी मुखी नभएर आत्मनिर्भर हुने तरिकाले सबै उधोगी ब्यापारिलाई आग्रह गरे ।

कार्यक्रम बोल्दै साहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवलीले उधोगीहरुले पर निर्भर नभएर ठूलो भोलुमका काम गर्दै अनुदानको मात्र मुख नहेरी आफैले लगानि गरि आत्मनिर्भर भएर राज्यले दिने सेवा सुबिधा लिन आग्रह गरे । सो कार्यक्रमको अन्तिम बोल्दै उधोग तथा उपभोक्ता हितसंरक्षण कार्यलय डोल्पा प्रमुख शेर बहादुर चन्द ठकुरिले उधोगिहरुलाई आफुले सक्दो सहाजिकरण गर्ने राज्यले दिएको सेवा सुबिधा नियम र प्रक्रिया पुरागरि लिन आफू दत्त चित्त गरि लाग्ने राज्यले दिएको जिम्मेवारी पूरा गर्न सहाजिकरण गर्ने प्रतिबद्ध हुनु भयो । र डोल्पामा उत्पादित सिमिलाई ब्रान्डिङ्ग गर्ने , प्याकिङ्ग गर्ने र बजारिकरण गर्ने निर्णय समेत गरेको उल्लेख गर्नु भयो । 

Related News