कान्जिरोवापोष्ट
सरोज थापा कार्तिक २७ दुनै डोल्पा ।
दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गराै,पाटी सुद्दिकरण र सुदृढीकरणकाे पक्षमा साताै जिल्ला अधिबेशन सफल पाराै भन्ने मुल नाराका साथ नेकपा एमाले डाेल्पाकाे साताै जिल्ला अधिबेशन सदरमुकाम दुनैमा सुरु भएकाे छ । नेकपा एमालेका उपमहासचिव तथा प्रमुख अतिथि प्रदिप ज्ञावलीले विशेष कार्यक्रमबीच साताै जिल्ला अधिबेशनकाे उद्घाटन गर्नु भयाे । जिल्ला अधिबेशनलाई सम्बाेधन गर्ने क्रममा उपमहासचिव ज्ञावलीले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेकाे बर्तमान सरकार कसैकाे रहर र चाहनामा नभई देशकाे आवश्यकताकाे आधार बनेकाे बताउनु भयाे । विकासकाे गतिलाई अगाडि बढाउन र जनताकाे मुहार फेर्नकाे लागि बर्तमान सरकार बनेकाे उल्लेख गर्दै देशमा ३२ सिटे पाटीले राजनीतिक पाटीले निम्त्याएकाे अस्थिरताकाे चक्रब्युहलाई हटाउन पनि दुई ठूला दल मिलेर सरकार बनाउनु परेकाे बताउनु भयाे ।
नेपाल कुनै पनि देशकाे उपनिवेश नभई एक स्वतन्त्र र अटल देश भएकाले नेपालकाे आन्तरिक मामलामा हुने कुनैपनि देशकाे हस्तक्षेपकारी गतिविधि सह्रै नहुने पनि उपमहासचिव ज्ञावलीकाे भनाई थियाे । छिमेकी मुलुक भारत र चिन दुबैकाे लागि बर्तमान सरकारकाे समान दृष्टिकोण र धारणा भएकाे पनि उहाँले बताउनु भयाे । अहिले केही अराजक पाटीका प्रमुख तथा प्रतिनिधिले देश ओरालो लागेकाे विग्रेकाे भन्ने भाष्य निर्माण गरिरहेकाे उल्लेख गर्दै देशमा भरष्टचार महंगी अराजकतालाई निर्जुल पार्ने काममा बर्तमान सरकार लागिपरिरहेकाे प्रस्ट पार्नु भयाे । संकटकाे अवस्थामा समेत डाेल्पाली कार्यकर्ताले पार्टीप्रति अथाह लगाव र मायाले संगठन मजबुत बनाउन खेलेकाे भुमिका सह्रानीय रहेकाे समेत बताउनु भयाे ।
आगमी निर्वाचनमा कुन पाटीले बहुमत ल्याउने भन्ने कुरा ठुलाेनभई राष्ट्रिय सुरक्षा पहिलाे रहेकाे उल्लेख गर्नु भयाे । डाेल्पा विकासकाे धेरै सम्भावना बाेकेकाेले भेरिकरिडाेरकाे स्तरउन्नति आबश्यक रहेकाे उल्लेख गर्दै सडक स्तरउन्नति सहित जडिबुटी प्रर्यटन र विधुतलाई अगाडि बढाउन सके विकास सबैलाई उछिन्न सक्ने धारणा राख्नु समेत महासचिव ज्ञावलीकाे भनाई तहेको थियाे । एक अर्काे प्रसङ्गमा उपमहासचिव ज्ञावलीले देशमा सुशासनकाे भाष्य निर्माण गर्दै हिड्ने केही नयाँ पाटीका कार्यकर्ताले न्यायलयलाई समेत चुनाैति दिदै आन्दाेलन गरिरहेकाेमा शाेभयनिय नभएकाे बताउदै कांग्रेस र नेकपा एमालेले आफ्ना बरिस्ठ नेता कार्यकर्ता भरष्टचारमा आराेपित भई पक्राउ पर्दा खै आन्दाेलन गरेकाे भन्दै रास्वपा प्रति ब्याङग्य गर्नु भयाे । नेकपा एमाले जिल्ला कमिटी संयाेजक लंक राेकायाकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा विशेष अतिथि एमाले केन्द्रीय लेखा आयाेगका अध्यक्ष पुष्पराज कडेल एमाले केन्द्रीय निर्वाचन आयाेगका अध्यक्ष विजय सुब्बा, एमाले केन्द्रीय सदस्य तथा डाेल्पा इन्चार्ज बदमी क्वारी बाेहाेरा र नेकपा एमाले कर्णाली प्रदेश कमिटि अध्यक्ष गुलाबजंग शाह लगनयतले अधिबेशन सफलताकाे शुभकामना ब्यक्त गर्नु भएकाे थियाे ।
३ हजार एक सय पैंतालीस संगठित सदस्य रहेकाे नेकपा एमालेवाट अधिबेशन प्रतिनिधिकाे रुपमा पालिकास्तरवाट २ सय ७६ जना जिल्ला अधिबेशन प्रतिनिधिकाे रुपमा भाग लिएका छन । अध्यक्ष पदमा लंक राेकाया लंकबहादुर शाही र नरबहादुर बुढा ,पार्टी सचिवमा खिम बुढा र जनक केसी आकांक्षी रहेकाे जानकारीमा आएको तर पार्टीको विभिन्न पदमा आकाङ्क्षा राख्ने धेरै रहेको नेकपा एमालेका जिल्ला संयाेजक लंक राेकायले जानकारी दिनु भयाे । अधिबेशन शुरु हुनु भन्दा अघि पंचे बाजागाजा सहितको र्यालीले सदरमुकाम दुनै बजार परिक्रमा गरि जिल्ला समन्वय समितिको प्राङ्गणमा अधिबेशनको उघाटन गरिएको छ । कार्तिक २७ गते उद्घाटन गरिएको ७ औ जिल्ला अधिबेशन कार्तिक २८ र २९ बन्द शत्र हुने नेकपा एमाले आयोजक डोल्पाले जनाएको छ ।