कान्जिरोवापोष्ट संबाददाता त्रिपुराकोट ।
असोज २६ डोल्पा ।
त्रिपुरासुन्दरी नगरपालिका नगर कमिटीले हिन्दुहरुको पर्व बिजया दशैको उपलक्षमा शुभकामना आदन प्रदान गरेको छ । नेकपा एमालेका कार्यकर्ताहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरेको नगर कमिटी त्रिपुरासुन्दरिले बताएको छ ।
नेपालिहरुको महान चार्ड दशै तिहारमा हुन सक्ने अनैतिक क्रियाकलाप , होहल्ला , तास जुवा, लगाएत समाजमा खलल हुने कुराहरुको न्यूनीकरणका लागि जिल्लाभर आम नागरिकहरुलाई एमाले नेता कार्यकर्ता सबैलाई दशै तिहार सवार्द पुर्ण बाताबरणमा मनाउन भुमिका खेल्न जिल्ला संयोजक लंक बहादुर रोकायाले सबैलाई आग्रह गरे ।
त्रिपुराकोट बगरमा भएको शुभकामना कार्यक्रममा डोल्पा जिल्ला इन्चार्ज बदाम क्वारी बोहोरा बुढाको प्रमुख आतिथ्यतामा जिल्ला संयोजक लंक बहादुर रोकायाको उपस्थितिमा त्रिपुरासुन्दरी नगरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको नगर कमिटी सचिब चन्द्र बुढाले जानकारी गर्नु भयो ।