सरोज थापा Sunday, 6 October 2024

त्रिबेणि कालिका सडक जोडिए सङ्गै स्थानीयहरु खुसी , फोटो फिचर

कान्जिरोवापोष्ट 

सरोज थापा असोज २० डोल्पा ।

डोल्पाको मुड्केचुला गाउपालिका वडा नम्बर १,२,र ३ सम्म सडक जोडिएको छ । मुड्केचुलाको साबिकको कालिका गाबिसको भोटाऔल गाउँ हुँदै मालुवाकुना सम्म सडक जोडिएको जगदुल्ला हाईड्रोपारका प्राबिधिक युबराज बोहराले जानकारी दिए । नयाँ जोडिएको सडक त्रिबेनि देखि मालुकाकुना सम्म ५ किलोमिटर सडकको निर्माणकार्य भएको प्राविधिक बोहोराले बताए ।

जगदुल्ला हाईड्रोपावरले ठेक्का द्वारा शेर्पा कन्स्ट्रक्सन मार्फत सडकको निर्माणकार्य गरेको हो । जोखिम मोलेर चट्टान र भिर छिचोल्दै सडक निर्माण गरेको शेर्पा कन्स्ट्रक्सनका प्रोपाईटर पासङ्ग शेर्पाले बताए ।

सडक पुगेपछि स्थानिय मानिसहरुले पुगेका सवारी साधन र बाटो निर्माण गर्ने निर्माण कम्पनीका प्रोपाईटर, जनप्रतिनिधि र काम गर्ने सबैलाई फुलमालाले स्वागत गर्दै खुसी भएका छन । अहिले त्रिबेनिको मोटेरेबल पुन बन्न नस्क्दा झोलुङ्गे पुल बाट बाईक मात्र लिन सकिने भएको छ !

दशैको मुखमा सडक जोडिए पछि सहज तरिकाले आवतजावत गर्न मात्र नभएर आबश्यक सरसमान ल्याउन र पठाउन सजिलो भएको स्थानिय लाल बहादुर बोहराले खुसी व्यक्त गरे ।

गाडी लिनको लागि मोटेरेबल पुल निर्माण गर्नु पर्ने भएको छ । ५/७ बर्ष देखि क्याराभान कन्स्ट्रक्सनले जिम्मा लगेको त्रिबेनिको पक्कि पुल अहिलेसम्म बन्ने नबन्ने कुनै अत्तोपत्तो छैन ।

फोटो युबराज बोहोरा