सरोज थापा Tuesday, 1 October 2024

डोल्पामा बजार अनुगमन बाट करिब एक लाख बराबरको सामान जफत गरि नष्ट

कान्जिरोवापोष्ट 

सरोज थापा असोज १५ डोल्पा  । 

मानव स्वास्थ्यलाई मध्यनजर गर्दै दशै तिहारमा हुनसक्ने म्याद गुज्रिएको सामान बिक्री बितरणलाई रोक्नको लागि जिल्ला प्रशासन कार्यलय र उधोग तथा उपभोक्ता हित संरक्षण कार्यलयले डोल्पाको सदरमुकाम दुनै ,जुफाल र त्रिपुराकोट बजार अनुगमण गरेको छ  । आईतवार ,सोमबार दुई दिनमा ४ वटा टोलिले जम्मा ९१ हजार ९ सय ९० रुपैयाँ को म्याद गुज्रिएको सामान बरामत गरि नष्ट गरिएको छ ।

दुनै बजारका ३५ वटा होटेल पसलबाट ५८ हजार ९ सय ५० रुपैयाँको  म्याद गुज्रेको समान, जुफाल बजार भित्र रहेका २१ वटा होटेल र  पसलहरुमा अनुगमन गर्दा  पेयपदार्थ  कस्मेटिक , जङ्ग फुड लगायतका सामानहरुको  २२ हजार ३ सय ८० रुपैयाँ र त्रिपुरासुन्दरि नगरपालिकाको त्रिपुराकोट बगरमा रहेका करिब ३० वटा पसल र होटेलहरुमा अनुगम गर्दा होटेल पसलबाट १० हजार ६ सय ६० रुपैयाको जम्मा ९१ हजार ९ सय ९० रुपैयाँको म्याद गुज्रिएको पेय पदार्थ,कस्मेटिक र जङ्ग फुड नष्ट गरेको साहायक प्रमुख जिल्ला अधिकारि दामोदर ज्ञावलिले बताउनु भयो ।  

सोमबार त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट बगरमा रहेका होटेल पसलहरुमा अनुगमण पश्चात दर्ता नभएका र करको दायारामा नआएका ब्याबसायिहरुलाई एक महिना भित्र दर्ता गरि ब्यबसाय संचालन गर्न निर्देशन गरेको त्रिपुरासुन्दरी नगरपालिका उपप्रमुख देबि घर्तिले बताउनुभयो । अनुगमनमा उधोग तथा उपभोक्ता हित संरक्षण कार्यलय,जिल्ला प्रशासन कार्यलय , उधोग बाणिज्य संघ प्रतिनिधि , सुरक्षार्थ खटिएको नेपाल प्रहरी , स्थानिय सरकारका जनप्रतिनिधि , पत्रकार  र सरोकारवाला निकायाको उपस्थितिमा अनुगम दुनै , जुफाल र त्रिपुराकोट बजार अनुगमन सम्पन्न भएको छ । 


Related News