कान्जिरोवापोष्ट
सरोज थापा असोज १४ डोल्पा ।
मानव स्वास्थ्यलाई मध्यनजर गर्दै दशै तिहारमा हुनसक्ने म्याद गुज्रिएको सामान बिक्री बितरणलाई रोक्नको लागि जिल्ला प्रशासन कार्यलय र उधोग तथा उपभोक्ता हित संरक्षण कार्यलयले सोमबार जुफाल र त्रिपुराकोट बजार अनुगमण गरिएको छ । सोमबार बिहान जुफाल बजार भित्र रहेका २१ वटा होटेल र पसलहरुमा अनुगमन गर्दा पेयपदार्थ कस्मेटिक , जङ्ग फुड लगायतका सामानहरुको २२ हजार ३ सय असि रुपैयाँको म्याद गुज्रेको सामान बरामत गरि नष्ट गरिएको छ ।
सोमबार दिउसो नै त्रिपुरासुन्दरि नगरपालिकाको त्रिपुराकोट बगरमा रहेका करिब ३० वटा पसल र होटेलहरुमा अनुगम गर्दा होटेल पसलबाट १० हजार ६ सय ६० रुपैयाको म्याद गुज्रिएको पेय पदार्थ र कस्मेटिक , र जङ्ग फुड नष्ट गरेको साहायक प्रमुख जिल्ला अधिकारि दामोदर ज्ञावलिले बताउनु भयो ।
सोमबार त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट बगरमा रहेका होटेल पसलहरुमा अनुगमण पश्चात दर्ता नभएका र करको दायारामा नआएका ब्याबसायिहरुलाई एक महिना भित्र दर्ता गरि ब्यबसाय संचालन गर्न निर्देशन गरेको त्रिपुरासुन्दरी नगरपालिका उपप्रमुख देबि घर्तिले बताउनुभयो । अनुगमनमा उधोग तथा उपभोक्ता हित संरक्षण कार्यलय,जिल्ला प्रशासन कार्यलय , उधोग बाणिज्य संघ प्रतिनिधि , सुरक्षार्थ खटिएको नेपाल प्रहरी , स्थानिय सरकारका जनप्रतिनिधि , पत्रकार र सरोकारवाला निकायाको उपस्थितिमा अनुगम दुनै , जुफाल र त्रिपुराकोट बजार अनुगमन सम्पन्न भएको छ ।