कान्जिरोवापोष्ट
सरोज थापा असोज १३ ,डोल्पा ।
दशै तिहारलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यलय र उधोग तथा उपभोक्ता हित संरक्षण कार्यलयले दुनै बजार अनुगमण गरेको छ । डोल्पाको सदरमुकाम दुनै बजार भित्र रहेका ३५ वटा होटेल ,खाध्यान्न तथा किराना पसलहरुमा अनुगमन गर्दा कस्मेटिक , जङ्ग फुड र पेयपदार्थ ,लगायतका सामानहरुको ५८ हजार ९ सय पचास रुपैयाँको म्याद गुज्रेको समान बरामत गरि नष्ट गरेको साहायक प्रमुख जिल्ला अधिकारि दामोदर ज्ञावलिले बताउनु भयो ।
डोल्पामा पटक पटक गरिने अनुगमनले मानिसको जिबनमा उपभोग गर्ने पेय तथा खाध्य पर्दाहरु म्याद भएको हुनुपर्ने ,म्याद गुर्जेको पेय तथा खाध्य पर्दाथले मानव स्वास्थयमा हानी नोस्कासी मात्र नभैइ ज्यानै समेत लिने भएकोले यस्मा सबै आम नागरिक सजग हुने पर्ने सरोकारवालाहरुको सुझाब छ । अनुगमनका क्रममा दुनै बजारका ३५ वटा होटेल तथा किराना पसलहरुमा अनुगम पश्चात दर्ता नगरेर चालाईएका होटेल र पसलहरुलाइ दर्ता गरि करको दायरामा ल्याउन उधोग तथा उपभोक्ता हित संरक्षण कार्यलय दुनै डोल्पाका प्रमुख मोहोन कुमार के सि जनाउनुभयो । अनुगमनमा प्रहरी , प्रशासन ,उधोग तथा उपभोक्ता हित संरक्षण कार्यलय,उधोग बाणिज्यसंघ ,पत्रकार र सरोकारवालाहरु द्वारा अनुगम गरिएको छ ।