कान्जिरोवापोष्ट
सरोज थापा असोज ६ डोल्पा ।
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उप शाखा कार्यलय डोल्पाले अनाथ आर्थिक विपन्न र अपांग बालबालिकालाई एक कार्यक्रम गरि ३२ थान झोला वितरण गरेको छ ।
कार्यक्रमको सुरुवातमै समन्वय प्रमुख श्याम रोकायालाई सन नेपाल एन्सोरन्स कम्पनी लिमिटेड उपशाखा डोल्पाका प्रमुख लोकेन्द्र रोकायाले कम्पनीको छाता उपहार दिएर कार्यक्रमको सुभराम्भ गरिएको थियो । डोल्पाका सातौ बार्षिकोत्सवको अवसर पारेर सुर्खेत शाखा र उप शाखा डोल्पाले संयुक्तरूपमा डोल्पाको दुनै स्थित मुकुटेश्वर अपाङ सेवा समिति मातहतमा अध्यानरत अपाङ्गा बिध्यार्थी आर्थिक विपन्न २२ जना र आमाबुबा नभएका अनाथ १० जना गरेर ३२ जना बालबालिकालाई झोला वितरण गरिएको हो ।
जस्मा बालमन्दिर आधार भुत बिध्यालय अन्तरगत बहिरा श्रोत कक्षाका १० जना ,धुर्बतारा आधारभुत बिद्यालय अन्तरगत अपाङ्गा श्रोत कक्षा का २२ जना फरक क्षमता भएका बिध्यार्थिहरुलाई झोला बितरण गरिएको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उप शाखा डोल्पाका प्रमुख लोकेन्द्र रोकायाले बताए ।
यसैगरि ठुलिभेरीनगरपालिका वडा ३ को कार्यालय मुकुटेश्वर अपाङसेवा समितिको कार्यालय लगायत सार्वजनिक स्थानमा रहने गरि फोहोर मलाई भन्ने लेखिएका स्टयाङकल १० वटा बाल्टी २० वटा एउटा कुहिने फोहोर र नकुहिने फोहोर मलाई लेखिएको बाल्टि सङ्गै राखिएको छ । स्ट्याङ्कल र बल्टिबाट फोहोर उठाउदा लगाउने हाते पन्जा १०० माक्स २०० पिस समेत वितरण गरिएको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उप शाखा डोल्पाका प्रमुख लोकेन्द्र रोकायाले थप जानकारी दिए ।
डोल्पामा सन नेपाल एन्स्योरेन्स कम्पनिले आफ्नो सातौ बार्सिकोउत्सबको अबसरमा अशक्त ,अपाङ्गा , बेसाहारा र अनाथ बालबालिकाहरुलाई गरेको सहयोगको कार्य निकै उदाहरणिय र प्रशङ्सनिय कार्य भएको डोल्ला जिल्ला समन्वय प्रमुख श्याम बहादुर रोकायाले एन्स्यिरेश कम्पनिलाई धन्यवाद दिए ।