कन्जिरोवापोष्ट संबाददाता भदौ २९ डोल्पा ।
मिडिया एक्सन नेपालको आयोजनामा दुई दिने द्वन्द्वसंबेदनसिल पत्रकारिता प्रशिक्षण सम्पन्न भएको छ । रुकुम पश्चिमको चौरजहारिमा भएको प्रशिक्षणमा डोल्पा , जाजरकोट ,सल्यान र रुकुम पश्चिमका जम्मा २० जना पत्रकारहरुको सहभागीतामा रहेको थियो ।
प्रशिक्षणमा द्वन्द्व संबेदनशिल पत्रकारिता ,रिपोर्टिङ ,समाचार लेखन,संबेदनशिलता प्रबर्द्धनका लागि पत्रकारको भुमिका ,फोटो प्रयोगमा साबधानी ,नेपाली परिबेशमा मिडिया साक्षरता ,सम्पादकीय नीति ,संबेदनशिल भाषाको प्रयोग लगाएत विभिन्न द्वान्द्व संबेदनशिलताका बिषयमा एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्त , प्रशिक्षक कमलदेभ भट्टराई र मिडिया एक्सनका कर्णाली संयोजक ललितबहादुर बुढाले प्रशिक्षण गर्नुभएको थियो ।
प्रशिक्षण भदौको २७ र २८ गते दुई दिन पछि रुकुम पश्चिमको चौरजहारिमा सम्पन्न भएको छ । कार्यक्रमको अन्तिम दिन डोल्पा,जाजरकोट,सल्यान र रुकुम पश्चिमका २० जना सहभागी पत्रकारहरु द्वारा ९ बुदे पत्रकार आचारसंहिता निर्माण गरिएको छ ।