सरोज थापा Saturday, 7 September 2024

डाेल्पाको पार्टी संयोजकमा रोकाया

कान्जिरोवापोष्ट भाद्र २१ दुनै डोल्पा ।

नेकपा एमाले जिल्ला कमिटी डाेल्पाकाे संयाेजकमा पार्टी सचिव लंक बहादुर राेकायालाइ जिम्मेवारी दिईएकाे छ। बिहिवार नेकपा एमाले पार्टी  महासचिव शंकर पाेखरेलकाे प्रमुख आतिथ्यतामा बसेकाे कर्णाली प्रदेश कमिटीकाे बैठकले जिल्ला पार्टी सचिव समेत रहेका राेकायालाई जिल्ला अधिवेशन नहुन्जेल सम्म पार्टीको गतिविधि सन्चालन नियन्त्रण तथा समग्र ब्यबस्थापन गर्ने गरि जिल्ला संयोजकको महत्त्वपूर्ण जिम्मेवारी दिईएकाे नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाब जंग शाहले जानकारी दिए ।

नेकपा एमालेकाे एक व्यक्ति एक पद भन्ने अवधारणालाई मध्यनजर गर्दै डाेल्पा पार्टी अध्यक्ष शेर बहादुर बुढा प्रदेश क बाट निर्वाचित भै हाल कर्णाली प्रदेश सरकारका भाैतिक पुर्वाधार मन्त्री रहेकाे हुदा हाल सम्म पार्टीको गतिविधिमा सक्रिय रुपमा काम गर्दै आईरहेका पार्टी सचिव लंक बहादुर राेकायालाई संगठानिक गतिविधि सहितकाे डाेल्पा जिल्ला पार्टी  संयाेजकमा जिम्मेवारी दिएकाे अध्यक्ष शाहले बताए ।

कर्णाली प्रदेशका १० जिल्ला मध्य नेकपा एमाले डाेल्पाकाे जिल्ला अधिवेशन अझै हुन सकेको छैन। केन्द्रले ताेकेकाे समयमा अधिवेशन नहुदा सदस्यता हेरफेर सहित पुन यही कार्तिक मसान्त भित्र अधिवेशन गर्न निर्देशन दिईएकाे जनाईएकाे छ।

नेकपा एमाले डाेल्पाका पार्टी सचिव समेत रहेका राेकाया इमान्दारी पुर्वक पार्टीको नियमित कामकाज गर्दै आईरहेका थिए ।  राेकाया २०७४ सालकाे स्थानीय तह निर्वाचनमा मुड्केचुला गाउँपालिकाकाे अध्यक्ष पदमा २ मतले पराजित भएका थिए भने २०७९ सालकाे निर्वाचनमा पनि ३७ मतले अध्यक्ष पदमा गठबन्धनका उम्मेदवार संग पराजित भएका थिए । उक्त समयमा पराजित हुनकाे कारण पनि पार्टी भित्रकाे अन्तर घातका कारण भएकाे उनी निकट एक नेताले बताए ।

डाेल्पा जिल्लामा युवा पुस्ताले रुचाएका राेकाया पछिल्लो समय नेकपा एमाले पार्टी प्रदेश र केन्द्रकाे पनि बिश्वाशिला पात्रका रुपमा चिनिन्छन।

आगामी कार्तिक मसान्त भित्र सम्पन्न हुने नेकपा एमाले जिल्ला कमिटी डाेल्पाकाे अधिबेशनमा अध्यक्ष पदकाे लागि बलिया उम्मेदवार रहेकाे पनि उनी निकट एक नेताले बताए । डाेल्पाका पार्टी कार्यकर्ताकाे इछा पनि अबकाे अधिवेशनबाट अध्यक्ष पदमा राेकाया आउनुपर्ने माग रहेकाे छ । तर अन्य धेरै व्यक्ति पनि अध्यक्षकाे आकांक्षी भएकाे हुदा कसरी सहमति हुन्छ अहिले नै भन्न नसकिने जनाइएको छ ।

यस्तै अध्यक्ष शाहका अनुसार  नेकपा एमाले डाेल्पाका पार्टी अध्यक्ष तथा कर्णाली प्रदेश सरकारका भाैतिक पुर्वाधार तथा शहरी बिकास मन्त्री शेर बहादुर बुढालाई नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्यमा मनाेनित गरिएको छ । नेकपा एमाले कर्णाली प्रदेशले जनाएको छ ।

Related News