कान्जिरोवापोष्ट
सरोज थापा भदौ ७ डोल्पा ।
डोल्पामा जंगली भालुले स्थानियको ८ ओटा पशु चौपाया मारेको छ । मुड्केचुला गाउपालिका वडा नम्बर एक भित्र पर्ने खुभलाग्ना भन्ने बनको लेखमा पसु बस्तु चौपायालाई राती राति लेखमै एकै पटक धेरै गाई र घोडा मार्दा यहाका पसुपालक कृषक चिन्तित भएको मुड्केचुला गाउपालिका वडा नम्बर एक का वडा अध्यक्ष बाग बहादुर बुढाले जानकारी दिनु भयो । अध्यक्ष बुढाका अनुसार मुड्केचुला १ का रामचन्द्र रोकायाका १ गोरु २ गाई , जुन बहादुर बोहोराको १ घोडा १ घोडी , धन बहादुर रोकायाको १ घोडा , मानाशिङ बोहोराको १ घोडा र मुड्केचुला ३ का दान बहादुर थापाको १ घोडा गरि जम्मा ८ वटा पसुचौपाएका क्षेति पुर्याएई पसु पालक कृषकको ठूलो क्षेति भएको वडा अध्यक्ष बाग बहादुर बुढाले जानकारी दिनु भयो ।
बर्सेनि पसु बस्तु र चौपायालाई बर्खाको समयमा हिमाली घाँस खुवाउनु तथा पशु बस्तु पालन पोषन गर्नको लागी यो समयमा गाउँ बस्ती देखि अग्लो स्थान हिमाल तिर लग्ने गर्छन । बर्सेनि मुड्केचुला गाउपालिका लगाएत जिल्लाभरका स्थानियहरु पसु पालनको लागी बर्सेनि खुम्लाग्ना लगाएतका डोल्पाका विभिन्न अग्लो स्थानमा पसु पालन तथा स्याहार गर्न यहाका स्थानीय मानिसहरु प्रत्येक बर्ष लेख तिर लग्ने र पसुबस्तु पालान पोसन गर्ने गर्दछन ।