कान्जिरोवापोष्ट
सरोज थापा साउन १ दुनै डोल्पा
डोल्पाको सदरमुकाम दुनैमा खहरे खोलाको बाढिले रातिमा हङ्गमा
दुनै : डोल्पाको सदरमुकाम दुनैमा मध्य राती आएको बाडिले सरकारी कार्यलय र केहि घरमा बाडी पसेको छ । रातिको २ बजे देखि सुरु भएको करिब आधा घन्टाको चट्याङ सहितको पानीले खहरे खोलामा बाडी ल्याएर घर र सरकारी कार्यलयमा बाढी पसेको छ । खहरे खोलाको बाडिले दुनै बजारको तल्लो भागमा तिप्ला जाने बाटो माथिका खहरे खोला बाट बाढी आएर जिल्ला अदालत र दुनै घारी टोल र आसपासका घरहरुमा बाढी पसेको छ । दुनै बजारको माथिल्लो भागको खहरे खोलामा बाडी आउदा मालपोत कार्यलय त्येस आसपासका घरहरु र घुम्ती पसलहरुमा बाढी पसेको छ । मध्य रातमा चट्याङ सहित मेग गर्जनले बाढी ल्याउदा स्थानिहरु त्रसित भएका छन । बाडी घरघरमा पस्दा स्थानिय मानिसहरुको भाग दौड भएको छ ।
बाडी आए पछि जिल्ला प्रशासन कार्यलय डोल्पाले आबश्यक सुरक्षाकर्मी परिचालन गरि बस्तु स्थिति बुझिएको र पुग्न सक्ने ठाउहरुमा राती भित्रै आफू पुगेको प्रमुख जिल्ला अधिकारी तुल्सी प्रशाद दाहालले बताउनु भयो । अहिले सम्म कुनै पनि मानबिय क्षेति भएको छैन भने के कति क्षेति भएको भन्ने एकिन हुन नसकेको प्रजिअ दहालले बताउनु भयो ।