कान्जिरोवापोष्ट
सरोज थापा असार ३१ गते दुनै डोल्पा ।
जिल्ला अदालत डोल्पाले कार्यालयमा कार्यरत चार जना कर्मचारीलाई पुरस्कृत गरेको छ । आ.ब. २०८०÷८१ मा कार्यालयको नीति नियम भित्र रही कामकाज गरेको भन्दै चार जनालाई जनही एक हजार पाँच सय रुपैया र प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ ।
जिल्ला अदालत डोल्पामा कार्यरत नायब सुब्बा शिवराज शाही, कम्प्यूटर अप्रेटर दिपेश चौधरी, डिठ्ठा लावण्यवती रेग्मी र कार्यालय सहयोगी लोकेन्द्र रोकाया पुरस्कृत भएका हुन । जिल्ला अदालत डोल्पाका न्यायधीश भोलानाथ ढकालले पुरस्कृत सवैलाई थप प्रगती सहित कार्यसफलताको शुभकामना दिदै सम्माण पत्र र पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । कार्यालयको कामकाजमा सवै कार्मचारीको उत्तीकै भुमिका रहेको हुदा आगामी दिनमा अन्य सवैलाई काम अनुसारको सम्मान गरिने पनि न्याधीस ढकालले बताउनु भयो ।
निजामती क्षेत्रमा प्रवेश गरेदेखी पहिलो पटक पुरस्कृत भएको हुदा थप जिम्मेवारी बोध भएको महसुस गरेको पुरस्कृत नायब सुब्बा शिवराज शाहीले बताउनुभयो । आगामी दिनमा पत्रिव न्यायको मन्दीर भित्र सवै संग समन्वय गरि नागरिकको सेवा गर्ने नायब सुब्बा शाहीले बताउनुभयो ।