सरोज थापा Monday, 15 July 2024

जिल्ला अदालत डोल्पाको ७६.५४ प्रतिशत कार्यसम्पादन सम्पन्न ।


        कान्जिरोवापोष्ट 

सरोज थापा असार ३१ दुनै डोल्पा । 

डोल्पा अदालत डोल्पाको आयोजनामा पत्रकार तथा नागरिक समाज संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अदालत डोल्पाका न्यायधीश भोलानाथ ढकालको संयोजकत्वमा संचालित उक्त कार्यक्रममा जिल्ला अदालत डोल्पाका निमित्त श्रेस्तेदार हरिगोपाल ज्ञवालीले जिल्ला अदालत डोल्पाबाट आ.ब. २०८०÷८१ भएका कामकार्य प्रगति विवरण सार्वजनिक गर्नुभएको थियो । 

जिल्ला अदालत डोल्पामा आ.ब. २०८०÷८१ को असार मसान्त सम्म अघिल्लो बर्षबाट जिम्मेवारी सरी आएका जम्मा ३४ थान मुद्धा र नयाँ दर्ता ४७  थान मुद्धा गरि जम्मा ८१ थान मुद्धा दर्ता भएका थिए ।  यस आ.ब मा जम्माम ८१ थान मुद्धा मध्य ६२ थान मुद्धा फछयौंट भएको र १९ थान मुद्धा बाकीँ रहेको जिल्ला अदालत डोल्पाका निमित्त श्रेस्तेदार हरिगोपाल ज्ञवालीले जानकारी दिनुभयो । जिल्ला अदालत डोल्पाबाट  आ.ब. २०८०÷८१ मा कुल ७६.५४ प्रतिशत मुद्धा फछयौंट भएको श्रेस्तेदार ज्ञवालीले बताउनुभयो । 

डोल्पा जिल्ला अदालतबाट आ.ब. २०८०÷८१ मा दुनियावादी देवानी मुद्धामा अघिल्लो बर्षबाट जिम्मेवारी सरिआएको १८ थान, नयाँ तर्फ १५ थान गरि जम्मा ३३ थान मुद्धा दर्ता भएको मध्य २८ थान फछयौंट भएको र ५ थान मुद्धा बाकीँ रहेको छ । 

दुनियावादी फौजदारी मुद्धामा अघिल्लो बर्षबाट जिम्मेवारी सरिआएको ५ थान, नयाँ तर्फबाट १० थान गरि जम्मा १५ थान मुद्धा दर्ता भएको मध्य ९ थान मुद्धा फछयौंट भएको र ६ थान मुद्धा बाँकी रहेको छ । 

सरकारी फौजदारी तर्फ अघिल्लो बर्षबाट जिम्मेवारी सिरआएको ६ थान, नयाँ तर्फ २२ थान गरि जम्मा २८ थान मुद्धा दर्ता भएको मध्य २० थान फछयौंट भएको र ८ थान मुद्धा बाँकी रहेको छ ।  साथै पुनरावेदन तर्फ अघिल्लो बर्षबाट जिम्मेवारी सरिआएको ५ थानमा सवै फछयौंट भएको छ । 
यस्तै जिल्ला अदालत डोल्पा मार्फत थुनुवा मुद्धा संख्या जम्मा १२ वटा मध्य ५ वटा फछयौंट भएको बाँकी थुनुवा मुद्धा संख्या  ७ वटा रहेको छ । ७ वटा थुनुवा  मुद्धा मध्य ४ वटा पुर्पपक्षका लागि, एक जना धरौटी राख्न नसकी हाल थुनामा रहेको र एक जना बालक बाल सुधार केन्द्रमा रहेको जिल्ला अदालत डोल्पाले जनाएको छ । 

मुलतवी मुद्धा तर्फ अघिल्लो बर्षबाट जिम्मेवारी सरिआएको ६ थान, नयाँ २ थान गरि जम्मा ८ थान मध्य सवै फैसला हुन बाँकी रहेको छ । मेलमिलापमा पठाईएको मुद्धाको संख्या ८ वटा मध्य २ वटा सफल भएको ५ वटा असफल भएको र एउटा छलफल हुन बाँकी रहेको जिल्ला अदालत डोल्पाले जनाएको छ । 

डोल्पाली जनता तथा सामान्य नागरिकले न्यायको अनुभुती हुनेगरि जिल्ला अदालतबाट सेवा प्रवाह भैरहेको जिल्ला अदालत डोल्पाका न्यायधीश भोलानाथ ढकालले बताउनुभयो । अदालत र नागरिक विच सम्बन्ध थप मुजबुद बनाउन समुदायमा अदालत लगाएतका जनचेतनामुलक कार्यक्रमहरु पनि संचालन गरेको न्यायधीश ढकालले बताउनु भयो । दुर्गम जिल्लामा न्यायधीश बस्दैनन भन्ने प्रथालाई तोड्दै जिल्ला अदालत डोल्पाबाट नियमीत रुपमा न्याय सम्पादनका कामकाज गर्दै आएको न्यायधीश ढकालले दाबी गर्नुभयो । 



Related News