कान्जिरोवापोष्ट
२०८१ असार ३१ गते सोमबार दुनै डोल्पा ।
बधाई दिनु पर्छ ( कविता )
कहिले उखान टुक्का त कहिले कमेडी गर्छ
१४ बर्ष जेल बसे चौथो पटक प्रधानमन्त्री बन्छ, मन नलागी लागि बधाई दिनु पर्छ ।।१।।
कहिले पानी जहाज ल्याउने त कहिले घर घरमा ग्यास पुर्याउने भन्छ
बाँदरले न घर बनाउँछ न अरुको बन्न दिन्छ, मन नलागी लागि बधाई दिनु पर्छ ।।२।।
कहिले रेल ल्याउने त कहिले चुच्चे नक्सा बढाउँने गर्छ
भूमि विवाद मिलाउन सक्दैन, आफूलाई राजनेता भन्छ, मन नलागी लागि बधाई दिनु पर्छ ।।३।।
सारा देश शोकमा हुँदा प्रधानमन्त्री बन्छ, सेना सशस्त्र प्रहरीलाई हौसला दिनु भन्दा आफ्नै दाउ खोज्छ, मन नलागी लागि बधाई दिनु पर्छ ।।४।।
समृद्ध नेपाल सुखी नेपाली, भट्याउदै भाषण दिन्छ
४८ घण्टा बित्दा पनि, न बस उस्ले भेटाउछ न जस कसैलाई दिन्छ, मन नलागी लागि बधाई दिनु पर्छ ।।५।।
भ्रष्टाचारीलाई सेक्ने लौरो उस्ले बोक्छ, फायल खोल्दा खोल्दै संरक्षण पनि दिन्छ
बहुमतको संसद विघटन गर्ने संग अब जनताले के आश गर्छ, मन नलागी लागि बधाई दिनु पर्छ ।।६।।
फा. कृष्ण नन्दन मेहता
२०८१ असार ३०, डोल्पा