सरोज थापा Monday, 15 January 2024

त्रिपुरासुन्दरी नगरप्रमुख द्वारा जाडोको समयमा न्यानो कपडा बितरण



तीन सय पचपन्न जना वृद्ध महिला पुरुषलाई बलाङ्केट र जकेट बितरण 

कान्जिरोवापोष्ट 

सरोज थापा माघ १ त्रिपुराकोट डोल्पा ।

डोल्पाको त्रिपुरासुन्दरी नगर पालिकाका मेयर जुन चन्द्र रोकाय द्वारा वृद्ध असाय ३ सय ५५ जनालाई ब्लाङ्केट र जकेट बितरण गरिएको छ । नगरप्रमुख जनचन्द्र रोकायाको अध्यक्षतामा सम्पन्न भएको दशौ हिउँदे नगरसभामा जनतासंग मेयर कार्यक्रम अन्तर्गत  नगर क्षेत्रका दुई सय दश जेष्ठ महिला तथा एक सय पैतालिस जेष्ठ नागरिक (पुरुष) गरेर तिन सय पचपन्न जना जेष्ठ नागरिकलाई चार लाख मुल्य बराबरको ब्लाङकेट र ज्याकेटहरु कार्यक्रममा बितरण गरि वृद्ध महिला पुरुषलाई सम्मान गरिएको छ । 

जाडोको बेला न्यानो लगाउने र ओर्न मिल्ने कपडा बितरण गर्दा नगर पालिका भित्रका वृद्ध अशायाहरु खुसी भएको नगरप्रमुख  रोकायाले बताए । प्रमुख जाडोको बेला न्यानो कपडा बितरण गर्दा नगरपालिका को सबै टिम खुसी भएको बताए ।

 कार्यक्रममा भूतपुर्व प्रदेश सांसद बदमीक्वारी बुढा, प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहाल, पुर्व नगर प्रमुख चन्द्रकुमारी बुढा नगर उपप्रमुख देवि घर्ति ११ वटै वडाका वडाअध्यक्ष प्रहरी नायवउपरिक्षक शिब बुढाथोकी राष्ट्रिय अनुसन्धान अधिकृत मेगराज कडेल शे फोक्सुण्डो राष्ट्रिय निकुन्जका वार्डेन विश्वबावु श्रेष्ठ र विभिन्न राजनीतिकदलका प्रतिनिधिहरु र पत्रकारहरुको सहभागिता रहेको थियो । 
Related News