मंगला बुढा मुड्केचुला गाउपालिका डोल्पा !
जिल्लाकाे तल्लो डाेल्पामा पर्ने मुड्केचुला गाउँपालिकामा समावेशी निती विश्लेषण सम्बन्धि तथा याेजना तर्जुमा सम्बन्धि तीन दिने गोष्ठी सम्पन्न भएको छ ।
मुड्केचुला गाउँपालिका डोल्पाको अयोजनामा तथा सहयोग इकाई सुस्वाकाे सहजिकरणमा तालिम सम्पन्न भएको हो ।
गाउँपलिका अध्यक्ष दत्त बहादुर शाहीको अध्यक्षतामा भएको गाेष्ठिमा समुहगत भाबी रणनिती निर्माण गर्ने ,पाँच बर्ष भित्र गर्ने खानेपानी तथा सरफफाईका योजनामा लैङ्गिक समाबेसी तथा अपाङ्ग मैत्रि योजनाहरु निर्माण गर्ने तालिमकाे मुख्य उदेश्य रहेकाे छ शुसासन बिज्ञ निराजन श्रेष्ठले बताउनु भयो ।
सो कार्यक्रममा मुड्केचुला गाउँपलिकाका अध्यक्ष दत्त बहादुर शाही, उपाध्यक्ष दुदा रोकाया, निमित्त प्रमुख प्रशासकिय अधिकृत तिर्थराज महातारा , अपाङ्ग सेवासमितिका अध्यक्ष भिमबहादुर शाही , बिधालयका शिक्षकशिक्षिका महिला स्वास्थ्य स्वयंसेबिका , वडाअध्क्षहरु कार्यपालिका सदस्यहरु सहित अन्य व्यक्तिहरुको उपस्थित रहेको थियो ।
कार्यक्रमको सञ्चालक मुड्केचुला गाउपालिकाका दिगो खानेपानीका (वास) संयोजक सुनिल बिश्वकर्माले गर्नुभएको हो ।
तालिम दिने क्रममा लैंगिक तथा अपाङ्गता समाबेसी पञ्चवर्षीय योजना तर्जुमा दुई समूहले बनाएका थिय ।
यो तर्जुमाले लैंगिक अपाङ्गताको समस्या समाधान कसरी गर्ने भन्नेकाुराको व्याख्या विश्लेषणका साथै समाजमा हुने गरेका बेथिति र दुर्व्यवहार हटाउदै सबै कुरामा समानता हुनुपर्ने शुसासन विज्ञ निराजन श्रेष्ठ र वास सल्लाकार भिम बास्तोलाले जानकारी दिनुभएको थियो ।
समावेसी नीति विश्लेषण तथा योजना तर्जुमा ३ दिने कार्यशाला गोष्ठीको ६ गते देखि तालिममा गरीएका छलफल बारे सुहाउदो दैनिकी बनाएर डाँफे आधारभुत बिधालयकी शिक्षीका बिष्णु थापाले प्रस्तुत गर्नु भएको थियो ।
शिक्षिका थापा बनाएको दैनिकी धेरै राम्रो भएकोले शुसासन बिज्ञ निराजन श्रेष्ठ वास सल्लाकार भिम बास्तोला लगाएत सम्पुर्ण सहभागीहरुले विशेष धन्यबाद समेत दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै मुड्केचुला गाउँपालिका वडा नं ८ का अध्यक्ष गोर्ख रोकायले सुस्वाले भरपर्दो रूपमा काम गरिरहेको र अब का दिनमा यो कार्यक्रम लागू न भएका ठाउँमा लागू हुनु पर्ने बताउनु भएको थियो ।
सामुदायका सम्पुर्ण समाजले समावेशी नितिको प्रयोग गरेर हाम्रो अति आबस्यक पर्ने खानेपानीलाई दिगो बनाउन आबस्यक भएको मालिका मा.बि का प्रधानाध्यापक ज्ञानेन्द्र बहादुर शाहीले बताउनु भयो ।
त्यसै गरी महिला दिदी बहिनिहरुका थुप्रै समस्या महिनावारी देखि लिएर समाजमा झेल्नू परेका पिडालई समाजले बुझिदिएको भए आफु लगाएत सम्पुर्ण दिदीहीनिहरु ऋण भारी हुने कार्यपालिका सदस्य लिला पुन मगरले बताउनुभयो ।
यहाँको स्थानिय सरकारले एक घर एक धारा बनाउने निर्णय भएलगतै यो सुस्वा कार्यक्रम आएको र सुस्वा कार्यक्रले थप सपोर्ट गरेको क्रममा यो कार्यक्रलाई स्थानिय सरकारले आफनो ठाउमबाट साथ सपोर्ट सहकार्य गर्ने र यो कार्यक्रम र स्थानिय सरकार नङ र मासुको सम्बन्ध रहे अति उत्तम हुने गाउँपालिकाका अध्यक्ष शाहिले वताउनु भयो ।