सरोज थापा बैशाख २९ गते डोल्पा !
डोल्पाको दोस्रो ठूलो बजारको रुपमा रहेको त्रिपुराकोट बजारमा अनुगमन गरि म्याद गुज्रेका समानहरु नष्ट गरिएको छ ! जिल्ला प्रशासन कार्यलय डोल्पाले यार्चाको समय नजिकिदै गर्दा ब्याबसायिहरुले म्याद गुज्रेको साम्न बिक्री बितरण गर्न सक्ने भन्दै अनुगम गरेको सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञावालिले बताउनु भयो ! साहायक प्र जि अ का अनुसार म्याग गुज्रेका पिय पदार्थ , मसला जन्य , खाधन्न जन्य,सुर्ती जन्य ,लगाएत गरि जम्मा २६ प्रकारका सामानहरु अनुगमन गर्दा म्याद गुज्रेको भेटिएको बताए !
म्याद गुज्रेका सामानहरु स साना किराना पसल देखि डिलर सम्म बाट भेटिएको थियो ! भने जम्मा जम्मी ३९ हजार ७ सय २० रुपैयाको सामानहरु नष्ट भएको जिल्ला प्रशासन कार्यलयका कर्मचारी सन्तोष बोहोराले बताए ! अनुगमनमा म्याद गुज्रिएको सामनहरु मात्र नभएर कर छलि र दर्ता नगरेका ब्यबशायिहरुलाई तत्काल दर्ता प्रकृयामा जान समेत सुझाब दिएको उद्दोग अधिकृत सत्य बहादुर भण्डारीले भने ! अनुगम सहायक प्र जि अ दामोदर ज्ञावालिलेको संयोजकत्वमा जिल्ला प्रहरी , घरेलु तथा सान उद्दोग ,त्रिपूरा सुन्दरी नगर पालिका र पत्रकार लगाएत सरोकारवालाहरुको संयुक्त टोलिले अनुगमन गरेको छ !
बजार अनुगमणले मानन स्वास्थ्यमा पर्न सक्ने असरलाई न्युनिकरण गरेको वडा अध्यक्ष टङ्क थापाले बताए भने अब सबै सचेत र सजक रहन पनि सबैलाई आग्रह गरे ! यदि कोहि कसैले म्याद गुज्रेका सामान बिक्रि बितरण गरे कार्बाहिको दायरामा ल्याउने बताए ! यसरि म्याद गुज्रेको दैनिक उपभोग्य सामानहरु बिक्रि बितरण गर्न ब्याबसायी र उपभोक्ता सचेत रहन आबश्यक देखिन्छ !




