सरोज थापा Thursday, 30 March 2023

डोल्पाको एक स्थानीय तहले गर्‍यो सबै घरपरिवारको स्वास्थ्य बीमा ! !

 

सरोज थापा चैत्र १६ डोल्पा :  हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिकाले सबै घरपरिवारको स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले एकै पटक ५ सय ५९ घरपरिवारको स्वास्थ्य बीमा गरेको हो ।स्वास्थ्य बीमा कार्यक्रमको महत्वलाई बुझेर गाउँपालिकाका सम्पुर्ण घरधुरी समेटिने गरि स्वास्थ्य बीमा गरिएको गाउँपालिकाका अध्यक्ष नारासिँह रोकायले जानकारी दिए । बीमा कार्यक्रममा आवद्ध सबैले यस कार्यक्रममार्फत विभिन्न सेवा सुविधा पाउने र आवद्घता शुल्क समेत गाउँपालिकालेनै तिरेको समेत अध्यक्ष रोकायले बताए ।

यस कार्यक्रममा सामुदायका सवै घरपरिवार स्वयमं आवद्घ हुने सम्भावना नभएपछि आवद्घता शुल्क पनि पालिकालेनै व्यहोर्ने गरी कार्यक्रममा आवद्घ गराईएको जगदुल्ला गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले स्वास्थ्य बीमाका लागि रु. १९ लाख २८ हजार ८ सय ५० रुपैया स्वास्थ्यबीमा बोर्ड लाई भुक्तानी गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिए ।
गाउँपालिकाका स्वास्थ्य संयोजक छिरीङ्ग बुढाले स्वास्थ्य क्षेत्रको निति तथा कार्यक्रम तय गर्दा स्वास्थ्यबीमा कार्यक्रमलाई प्रथामिकतामा राखेर कार्यक्रम बनाउने बताए । सेवा सुविधा राम्रो पाएमा यस कार्यक्रमलाई स्वयम परिवारलेनै निरन्तरता दिने उनको भनाई छ । सामुदायस्तरमा यस कार्यक्रमको महत्व र धारणाबारे सर्वसाधारणले बुझ्न नसकेकै कारण डोल्पामा बिमितको संख्या नबढेको स्वास्थ्य बीमा बोर्ड डोल्पाका संयोजक राजनकुमार डाँगीले बताए । स्वास्थ्य बीमा कार्यक्रम धेरै राम्रो कार्यक्रम भएकाले सुरुमा जिल्लाका सम्पुर्ण स्थानीय तहले सर्बसाधारणहरुलाई कार्यक्रममा समावेश गराउनु पर्ने उनको भनाई छ ।

Related News