सरोज थापा Thursday, 23 March 2023

उपचाररत कुपोशित बच्चाको अवस्था सामन्य ! आमा गुमाए पछि आमा जस्तै बनिन हजुर आमा ! !

 

सरोज थापा चैत्र ९ दुनै डोल्पा ! त्रिपूरा सुन्दरी नगरपालिका वडा नम्बर १ करेलिकाडा शिव शक्ति बोहोरा नाम गरेका एक बालक जन्मेको केही घण्टामै आमाको गाउ घरमै  सुत्केरी हुदा सालानाल र सुत्केरीको प्रसब पिडाको कारण आमाको मृत्यु भएको थियो  ! आमाको मृत्यु भए देखि हजुर आमाले आमा जस्तै जिम्मेवार बनेर जसो तसो हुर्काउदै आएकी थिईन ! आमाको मृत्य भए पछि बालकले आमाको दुधनै चुस्न पाएन ! बच्चाले आमाको दूध खान नपाउदा हजुर आमाले अनेकन जोहो गर्दै बालकलाई जसो तसो हुर्काईन तर बालाक दिन प्रतिदिन कम्जोर बिरामी हुँदै गएपछी उपचारको लागि जिल्ला अस्पतालमा ल्याएको बालकलाई चेक जाँच गर्दा आबश्यक खानेकुरा ,भिटामिनको मात्रा र स्याहार नपुग्दा बच्चा कुपोसित भएको जिल्ला अस्पताल डोल्पाको रिपोर्टमा देखियो !  

बच्चा कुपोसित भए पछि हजुर आमालाई झन गारो हुँदै गयो अनि चिन्ता गर्दै उपचारको लागि जिल्ला अस्पताल दुनै बच्चा पुर्‍याईन ! जिल्ला अस्पतालले चेक जाँच पछि बच्चा कुपोसित भएको रिपोर्ट दिएको थियो ! अस्पतालको रिपोर्ट आए सङ्गै हजुर आमालाई झन थप समस्या खडा भयो ! अनि बच्चाको उपचार रेखदेख अनि बच्चालाई बचाउन हजुर आमालाई एक पछि अर्को समस्या आए पछि सहायोगको लागि गुहार माग्दै जिल्लामा सक्रिय रहेको नागरिक समाज र पत्रकार सम्म यो कुरा पुगे पछि जिल्ला रहेको नागरिक साहायता कोस बाट केही पैसा नागारिक समाजको बैठक बसि ३२ हजार उपचारको लागि भाडा यातायात सम्म हुने गरि कुपोसित बच्चाको  थप उपचारको लागि सहायोग गरि  डोल्पा देखि नेपालगन्ज पठाईएको थियो !

अहिले कुपोषित बच्चाको अवस्था चेक जाँच गर्दा सामान्या रहेको जिल्ला अस्पतालमा कार्यरत कर्मचारी कर्ण बि क ले बताए ! उनका अनुसार कुपोशनको अबस्था (-3sd रातो खत्रा -2sd पहेलो मध्यम-1sd हरियो सामन्य  )  तीन स्टेप हुने भएकोमा अहिले शिव शक्ति बोहोरा नामको बच्चा सामन्य अबस्थामा रहेको जनाए !

कुपोशित बच्चालाई महिनामा दुई पटक १५ /१५ दिनम जिल्ला अस्पतालमा  चेक जाँचको लागि बोलाउने  गरेको भए पनि टाढा बाट बच्चालाई ल्याउन लिन समस्या हुने भएकोले एक महिनामा बोलाउने र थप पौस्टिक खानेकुरा (RUTF) एक एक महिनाको लागि दिने गरेको जिल्ला अस्पताल डोल्पाका डा अखण्ड उपाध्यायले बताए  !
अहिले पछिल्लो चरणमा कुपोसित शिवशक्ति बोहोराको उमेर  १ बर्स ३ महिनाको भएको छ ! भने दुईटा खुट्टामा समस्या भएकोले राम्रोसँग उभिन नसकेको हुनाले हजुरआमाले चिन्ता ब्यक्त गर्दै उपचार गरेको भए राम्रो हुने थियो भन्दै आफु सङ्ग उपचारका लागि पैसा नभएको दुख ब्यक्त गरिन ! र कोहि सहायोगीहरुले सहायोग गरेको भए धर्म लाग्ने थियो भन्दै बिन्ती बिसाईन ! !

कुपोसित बच्चाको उपचारमा जिल्ला स्वास्थ्य कार्यलय डोल्पा ,नागरिक समाज डोल्पा , नेपाल पत्रकार महासङ्ग डोल्पा र सम्पुर्ण मिडियाकर्मिहरुको संयुक्त प्रयास बाट कुपोसित शिबशक्ती बोहोरा सामान्य अबस्थामा आएका छन ! भने पटक पटक चेक जाँच र थप उपचार जिल्ला स्वास्थ्य कार्यलय डोल्पामा भैरहेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ !

 

Related News