सरोज थापा चैत्र ५ डोल्पा : डोल्पो क्याम्पस डोल्पामा स्वतन्त्र बिद्यार्थि युनियनको निर्वाचनमा गठबन्धनको सयुक्त प्यानल बिजयी भएको छ । नेपाल बिद्यार्थि सघले सभापति र कोषाध्षक्ष जितेको छ भने सचिबमा अनेरास्ववियुले जित हात पारेको हो । त्यसैगरी ३ वटा सदस्य अनेरास्वबियु र २ सदस्यमा नेबि सघले जित हात पारेर स्वबियुमा गठबन्धनको सयुक्त प्यानल नै बिजयी भएको छ । स्वबियु सभापतिमा अखिल क्रान्तीकारीका हरिरुप बि क लाइ पराजति गर्दै नेबि सघका खिम बहादुर रोकाया बिजयी भएका हुन ।
हरिरुपले कुल मतको ५३ मत प्राप्त गरे भने खिम बहादुरले ८२ मत पाएर बिजयी भए । सचिवमा अनेरास्वबियुका धिरेन बुढाले ९३ मत पाएर बिजयी भए भने अखिल क्रान्तीकारीकी पार्वती बुढाथोकिले ४२ मत प्राप्त गरिन । कोषाध्यक्षमा नेबि सघका निर्मल हमालले ७६ मत प्राप्त गरी बिजयी भए भने अखिल क्रान्तीकारीकी करिना बुढाले ५८ मत प्राप्त गरिन । त्यसैगरी सदस्यमा अनेरास्ववियुबाट भावना शाहीले ८४ मत डम्बर बहादुर रोकायाले ८२ मौसम थापाले ६६ निरु कार्कीले ८२ र गायत्री शाहीले ८१ मत पाएर बिजयी भए । त्यसैगरी अखिल क्रान्तीकारीकी अस्मिता बुढाथोकीले ४८ बिशाल बोहोराले ४८ सामान झाँक्री मगरले ६५ धन बहादुर रोकायाले ४८ र टसी छोइडन लामाले ४९ मत प्राप्त गरेका छन । स्वबियु निर्वाचनमा एक्ला एक्लै चुनावमा प्रतिशपर्धा गर्न नसक्ने वातावरण बनेपछि डोल्पो क्याम्पसमा नेपाली काँग्रेस र नेकपा एमालेको भातृसगठनको गठबन्धन गरेर सयुक्त प्यानलबाट चुनाबमा भाग लिइ गठबन्धनको प्यानलनै बिजयी भएको छ ।
कुल २२४ जना विद्यार्थी रहेकाे डाेल्पाे क्याम्पसमा १३८ मत खसेकाे थियाे भने दुई मत बदर भएको थियाे 
निर्वाचनमा नेविसंघ र अनेरास्ववियुकाे गठवन्धन थियो भने अनेरास्ववियु क्रान्तिकारी एक्लै निर्वाचनमा हाेमिएकाे थियाे ।
डाेल्पामा रहेका दुईवटा क्याम्पसमध्ये डाेल्पाे क्याम्पसमा ताेकिएकै मितिमा निर्वाचन भएपनि लिकु संयुक्त क्याम्पसमा कसैकाे उम्मेदवारी नपरेपछि निर्वाचन स्थगित गरिएको छ ।




