सरोज थापा फाल्गुन ३० दुनै डोल्पा ! डोल्पाको सदरमुकाम दुनैमा खाने पानीको संकट पर्ने देखिएको छ ! दुनै देखि तिप्ला सम्मको सडक निर्माण गर्दा माथिबाट ढुङ्गा खसी सदरमुकाम दुनै ल्याएका खानेपानीका पाईपहरु काटिदा चुडिदा फल्गुण २९ गते बेल्का बाट खानेपानीको अभाब भएको छ ! तत्काल खानेपानी नआउदा घरमा भरिएको पानी प्रयोग भएकोले अहिले सामान्य भए पनि घरमा भरेर राखेको पानी सकिने बित्तिकै ठूलो हाहाकार हुने अवस्था भएको छ !
विशेष गरेर जिल्ला अस्पताल डोल्पामा खानेपानी आभाबका कारण बिरामी र बिरामी कुरुवाहरुलाई खानेपानीको सास्ती खेप्न बाध्य भर्का छ्न भने ट्वाईलेट पानी नभएकै कारण बन्द गरिएको छ ! भने जिल्ला अस्पतालमा बिरामिको चाप दिन प्रातिदिन बढिरहेको छ !
अहिले दुनै देखि तिप्ला नयाँ सडक निर्माण भैरहेको छ ! भने निर्माण को लागी जिम्मा लगेको ठेकेदार कम्पनीले बैकल्पिक कुरा नअपनाउदा समस्या आएको हो ! बैकल्पिक खानेपानीको ब्यबस्थापनको लागि तत्काल लाग्ने जिल्ला प्रशासन कार्यलय डोल्पाका प्रमुख जिल्ला अधिकारी भुमेश्वर पोख्रेलले बताउनु भयो ! भने जिल्लाका सरोकारवालाहरुले खानेपानी अबरोध भएकोले तत्काल खानेपानीको ब्यबस्थापन कसरी गर्ने भन्नेमा चिन्ता व्यक्त गरेका छ्न !
तत्कालिन खानेपानी समस्या हल गर्नको लागि जिल्ला खानेपानी कार्यालयलाई बुझ्दा अधिकाङ्ग्स ठाउमा खानेपानीको लाइन भएको ले पानी नपुगेको ठाउमा पानी पुर्याउने नबनेको ठाउमा बनाउन लगाउने र तत्कालीन समस्या समाधनको लागि आपतकालीन बैठक गररे खानेपानी हल गर्ने खानेपानि उपभोक्ता समिती का सचिब हिक्मत शाहिले जानकारी दिए ! उनका अनुसार सबै ठाउमा पानी प्रयाप्त नभेको र सबै ठाउमा खानेपानी तत्काल पुर्याउन नसक्ने बताए ! यसरि खानेपानीको ब्यबस्थापन गर्न नसक्दा डोल्पाको सदरमुकाम र आसपासका स्थानीय बासिनाहरु मारमा पर्दै आएका छ्न !
अहिले सरदमुकाम दुनैमा खानेपानी न आउदा जिप देखि सदरमुकाम बाहिर बाट पानी ल्याएर खाने गरेका छन ! तत्कालिन समस्या समाधानको लागि खानेपानी , जिल्ला प्रशासन खानेपानी उपभोक्ता समिती र सरोकारवाला सबै पहल तिर लागेका छ्न ! भने खानेपनिको समस्या अहिले मात्र नभएर पहिले देखि समस्या भोग्दै आएका तर अहिले ठ्याप्पै बन्द हुदा ठूलो समस्या भएको हो !




