सरोज थापा Sunday, 12 March 2023

जिबजन्तु र मानबिय सुरक्षाको लागि सौर्य उर्जा प्राणाली जडान तथा मर्मत सम्भार तालिम सम्पन्न ! फोटो फिचर !

 

सरोज थापा फाल्गुन २८ दुनै डोल्पा ! शे फोक्सुन्डो रास्ट्रीय निकुन्ज सुलिगार्डले सौर्य उर्जा प्रणालि जडान तथा मर्मत सम्भार आधारभूत तालीम सम्पन्न गरेको छ ! तालीममा शेफोक्सुन्डो रास्ट्रीय निकुञ्ज तथा माथिल्लो डोल्पाका डोल्पो बुद्ध र फोक्सुन्डो गाउपालिका भित्रका १९ जना सहभागीहरुलाई तालिम दिईएको छ ! तालिममा सहभागिहरु उत्शाह पुर्बाक इच्छुक भएर सिकेको प्रशिक्षक नेपाल बिधुत प्राधिकरणका फोर म्यान श्यामलाल शाहाले बताए !
तालिममा सहभागिहरुले यो तालिम बाट धेरै कुरा सिकेको र आगामी दिनमा यस्तै कार्यक्रमलाई प्रथामिक्ता दिनु हुन आग्रह गरे ! यो तालिमले धेरै कुरा सिकायको  महत्वपुर्ण ज्ञान लिएको शेफोक्सुन्डो गाउपालिका ७ कु गाउका कार्मा टसि गुरुङ्ग्ले बताए !

सोही कार्यक्रममा जिल्ला समन्वय प्रमुख श्याम रोकायाले यो तालिम बाट सिकेको सिपले माथिल्लो डोल्पामा न्याय दिओस र तपाईको रोजगार पनि भएकोले निरन्तर आफ्नो कामलाई आफैले सम्मान गर्दै लाग्नुहुन समेत आग्रह गर्दै कार्यक्रम आयोजक लागाएर सम्बद्द सहायोगी सबै निकायालाई धन्यवाद दिए ! कार्यक्रमा मनतब्य राख्दै संविधानसभा सदस्य दूध कुमारी हमालले आफुले लिएको तालिम र सिपको सहि प्रयोग गर्नुहोस र ब्यबसाहिक रुपमा आगाडी बड्न आग्रह गर्नु भयो !  

कार्यक्रमको मुख्य उदेश्य माथिल्लो डोल्पामा प्रबिधि ज्ञान आबश्यक रहेको र भौगोलिक रुपले बिकट टाढा भएकोले माथिल्लो डोल्पाकै स्थानिय बासिन्दाहरुलाई मानबिय र जिबजन्तु सुरक्षाको लागि प्राबिधिक सुरक्षाको लागी यो तालिमको आयोजना भएको शे फोक्सुन्डो रास्ट्रीय निकुञ्ज सुलिगार्डका संरक्षण अधिकृत लाल बहादुर भण्डारीले १९  जना तालिममा सहभागिहरुलाई ४ लाख बराबरको रकम मा रहि आधारभूत तालिम सम्पन्न गरेको बताए !  संरक्षण अधिकृत भण्डारीले निकुन्ज भित्र रहेका लोप उन्मुख हिम।हितुवाको संरक्षणको लागि जनचेतना जगाउन र हिम चितुवा बिदेशी  तथा स्वादेशी पर्यटकको मुख्य आकर्षण भएको बताए !

कार्यक्रम को आयोजक शे फोक्सुन्डो रास्ट्रीय निकुन्ज सुलिगार्ड डोल्पाको रहेकोमा प्राबिधिक सहयोग नेपाल बिधुत प्राधिकरण डोल्पा बितरण केन्द्रको रहेको थियो भने डब्लु डब्लु याफ नेपालको सहायोगमा एक हप्ताको तालिम कार्यक्रम सम्पन्न भएको छ ! 

Related News