सरोज थापा Saturday, 11 March 2023

खानेपानी कार्यलय प्रमुख थापाले असाय,अनाथ बालाबालिकाहरुको साथमा मनाए जन्मउत्शब ! !

 

सरोज थापा फाल्गुन २७ दुनै डोल्पा ! खानेपानी, सिँचाई तथा उर्जा विकास कार्यालय डोल्पाका कार्यालय प्रमुख नबिन थापाले असाय अनाथ बालबालिकाहरुको साथमा जन्मउत्सब मनाएका छ्न ! डोल्पा जिल्लाको सदरमुकाम दुनैमा रहेको माया सदनमा २० हजार को खाने कुराहरुको ब्याबस्था गरि असाय , अनाथ बालबालिकहरुको साथमा आफ्नो जन्म उत्सब मनाएका हुन !  अनाथ असाय बालबालिकाहरुलाई पढाइ लेखाईलाई टेवा पुग्ने गरि कापी कलम किन्नको लागि नगद ३ हजार माया सदनका संयोजक धर्मबुढालाई हस्तान्तरण गरेका छ्न !

सदरमुकाममा रहेको माया सदनमा अहिले डोल्पा जिल्लाभरका १९ जना असाय,अनाथ बालबालिका बस्दै आएका छन ! भने सदनले बाबु आमा र कोहि आफन्तहरु नभएका बेसाहारा गरिब बालबालिकाहरुलाई खाने , बस्ने सङ्गै शिक्षा दिक्क्षाका साथ पढाउदै आएको बताए  !

खानेपानीका प्रमुख थापाले बाबू आमा नभएका अनाथ असाय बालबालिकाहरुलाई खानपिन र थोरै भए पनि कापी कलम किन्न सहयोग गर्दा मन्मा सान्ती आत्म सन्तुष्टि भएको बताए ! उनले थपे असाय अनाथ बालबालिकाहरु सङ्गै बसेर खानपिन गर्दा सबै बालबालिकाहरु खुसी भएको देख्दा  कोहि सहायोगी भावना भएका ब्यक्क्तित्वहरुले अनाथ असाय बालबालिकाहरुलाई सक्दो सहयोग गर्नु हुन पनि आग्रह गरेका छ्न !  

यसरि जन्मउत्शबमा केही सहायोग गर्दा बालबालिकाहरुमा खुसी र सहयोग भएको सदनका संयोजक धर्म बुढाले धन्यवाद दिदै भने कोहि सहयोगी मनकारी भए सहयोगको अपेक्षा गरेको बताउदै सानो सानो सहयोगले अनाथ र असाय बालबालिकाहरुको भबिस्यमा अमुल्य सहयोग तथा आशा रहेको बताए ! 
 

Related News